लेटाङ नगरपालिका द्धारा ४ लाख ३० हजार स्वास्थ्य उपचार सहयोग वितरण - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

लेटाङ नगरपालिका द्धारा ४ लाख ३० हजार स्वास्थ्य उपचार सहयोग वितरण

लेटाङ नगर पालिकाले स्वास्थ उपचार निर्देशिका २०७४ अन्तरगत असहाय, बिपन्न, आर्थिक तथा सामाजिक दृष्टिकोणबाट कम्जोर भएका ४६ जना रोगिलाई स्वनस्थ उपचार बापत ४ लाख ६० हजार रुपैयाँ बितरण गरेको छ । क्यान्सर, मुटु, मृगौला जस्ता दिर्घरोगीहरुका लागि प्राथमीक लेटाङ नगरपालिकाले उपचार स्वरुप नगद १०÷१० हजार बितरण गरेको हो । ४६ जना रोगिहरु मध्ये २८ जना मुटृ रोगि रहेका थिए भने १० जना क्यान्सर रोगि, ६ जना मृगौला रोगी र २ जना प्यारालाइसीस रोगि रहेका छन । जस्मा ३ बर्षको बालक देखि ७९ बर्षका वृद्ध सम्म मुटु रोगि रहेका थिए ।

सोही कार्यक्रममा नगरप्रमुख राईले १० जना अपाङता भएको व्यक्तीहरुलाई ह्वीलचियर समेत वितरण गर्नुभएको थियो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख राईले सिंहदरवारको अधिकार जनताको घरमा ल्याउन प्रतिवद्धता गरेर निर्वाचन जितेर आएको र सोही अधिकारलाई जनताले अनुभुति गर्न पाउन भन्ने उदेश्यले दीर्घरोग संग जुधिरहेकाहरुलाई उपचारमा आर्थिक सहयोग गरेको वताउनुभयो ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम भएकाले हाम्रो खानपान तथा दैनिक कार्यमा ध्यान दिन आवश्यक उपप्रमुख कृष्णकुमारी निरौलाले वताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरिप्रसाद चाँपागाई, ३ का वडा अध्यक्ष देवराज चाम्लिङ लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष सन्तोष कार्की , स्वास्थ्य शाखाका प्रमुख महेन्द्र चौधरी लगायतलेको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर