टिका ग्रहणको शुभ साइत ९ः५१ वजे - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

टिका ग्रहणको शुभ साइत ९ः५१ वजे

दशैंको दशौं दिन अर्थात विजय दशमी आज
पथरी । हिन्दू नेपालीहरुले परम्परादेखि मनाउंदै आएको महान् चाड बडादशैंको साइत नौ बजेर ५१ मिनेट हो । नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ ।
दशैको थालनी
भगवान रामचन्द्रले बनवासमा महामायाको आह्वान गरी नौ दिनसम्म पूजा आराधना गरेपछि देवीले नवौं रातमा ‘भोलिको दिन मेरो प्रसाद लगाइ अभियान गरेमा रावणमाथि विजय पाउँछौ’ भनेर सपनामा बताएपछि रामले यस दिन अर्थात आश्विन शुक्ल दशमीका दिन भगवतीको घडाको जलले अभिषेक लिइ भगबतीको प्रसाद टीका, जौका आँकुरा ९जमरा० लगाइ विजय अभियान गरेका थिए । उक्त दिनलाई विजय दशमीको रुपमा मनाउन थालिएको परम्परा रहेको छ ।
यो पावन पर्व हिन्दू धर्ममा मात्र सिमित नभएर एउटा सनातनी पर्व हो । यसलाई बौद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छः हिन्दूहरू रातो टिका लगाएर नव दूर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनूयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।
वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो दशानन रावणको पराजय ९दशानन अर्थात् दश . दस ं आनन . मुख० । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ ।

आशिष
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योंधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

ष्mन)ण्द्धटछद्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशिर्वात लिइन्छ । वैदिक सनातन धर्मका मन्त्रहरु नेपालीमा या अन्य भाषमा त्यती छैनन । अनेक देवी देवतालाई पूकार गर्दा संस्कृत भाषामैं भएका अनेक अर्थयूक्त मन्त्रहरु उच्चारण गर्ने गरिन्छ ।

मनोरञ्चनात्मक बन्दै
हिजोआज मनाइने दशैं भने निकै आधुनिकीकरण बन्दै गइरहेको छ । धार्मिक लगायत सामाजिक मेलमिलापको रुपमा परम्परगत रुपमा मान्यता पाउँदै आएको यस पर्वले हाल आएर धार्मिक दृष्टिकोणले भन्दा पनि मनोरंजन तथा भेटघाटको रुपले विकसित हुदै गएको पाइन्छ । सामाजिक संजालको बढ्दो प्रभावका कारण विशेषगरी यस्ता विभिन्न चाडपर्वको प्रभाव बढ्दै गएको पाइन्छ । आशिर्वात भन्दा कसैलाई दक्षिणाको कति पाइन्छ होला भन्ने ध्यान्नमा हुन्छन । यो बेला गच्छेअनुसार लत्ताकपडालगायत विलासिताको सामाग्रीहरु खरिद गर्ने गर्छन् । विछोडिएको इष्टमित्रको भेटघाट हुने गर्दछ । नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टिका थापेपछी नयाँ, बास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछ ।

बली प्रथा

दशैमा पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिन मार हान्ने चलन छ । कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिइन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा गरिन्छ ।
साढे २१ लाख बाहिरिए
संघीय राजधानी काठमाडौंबाट दसैं मनाउन २१ लाख ५४ हजार २६ बाहिरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार २ लाख ४५ हजार ४६ वटा सवारीमार्फत ती यात्रुहरु उपत्यकाबाट बाहिरिएका हुन ।
नेपालका विभिन्न क्षेत्रमा दसैं, तिहार र छठ मनाउन ठूलो संख्यामा मानिस बाहिरिने गर्छन् ।
आदिवासी जनजातिले मनाउदैन दशैं
नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि कतै कसैले पढनु भएको छैन । तर तत्कालिन राज्य प्रमुखहरुले आदिवासीमाथि हिन्तुकृत गर्न निम्न हर्कत गरेका थिए ।
ड्ड गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई हिन्दुधर्म संस्कृति र खस भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस छर्लङ छ ।
 राई

दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ राई र रिदमा राईलाई झुण्डाएर हत्या गरेको थियो । त्यसपछि राईहरूलाई दशै मान्न बाध्य बनाएका थिए ।
 लिम्बु ः

सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउँमा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।
 नेवा ः

षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कÞब्जÞा गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।

 गुरुङ ः

पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउँका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाँ र बाँया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका दशै मान्ने बाध्य बनाएको थिए ।

 मगर ः

बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।

तामाङ ः सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लगाउन विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउँमा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।

दशैसँगै आदिबासी समुदायमा पर्वको नाममा गरिएको विभेदित इतिहासको चर्चा गरिदै आएको छ । यसैले पहिले जति हर्षोउल्लाससाथ मनाइन्थ्यो अहिले कम हुदै आएको छ । सहिष्णुता, धर्मनिपेक्षताको पक्षधर आदिवासीहरु रातो टिका नलगाइ मिष्ठान्न परिकार भेटघाट गर्दै सदभाबको साथ मनाउदै आएका छन् ।

सम्बन्धित खवर