गायक नन्दु गुरुङको गीति एल्बम् ‘जमाना’ को बिमोचन - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

गायक नन्दु गुरुङको गीति एल्बम् ‘जमाना’ को बिमोचन

मोरङ पथरीका गायक नन्दु गुरुङले ‘जमाना’ गीति एल्बम् सार्वजनीक गरेका छन ।
झापाको दमकमा भएको बिमोचन कार्यक्रममा बरिष्ठ सर्जक एल.पी. जोशी र साहित्यकार एवम कलाकार धनकुटेकान्छले सो एल्बम् सार्वजनिक गरेका छन । गिती एल्वम बिमोचन कार्यक्रममा बरिष्ठ गायक एवम सर्जक एल.पी. जोशी, साहित्यकार एवम कलाकार धनकुटेकान्छ र समाजसेवी जिवन सापकोटालाई सम्मान गरिएको थियो ।

बिमोचन कार्यक्रममा गायक गुरुङको गायन प्रसंसा गर्दे नेपाली साङगेतीक क्षेत्रमा एउटा नयाँ ईटा थपिएको जोसीले बतायनु भयो । बाल्यकाल देखिनै नेपाली सुगम संगीतमा प्रवेश गरेका गुरुङले यश अघि पनि अन्य गित बजारमा ल्याईसकेका छन । मोफसलमा रहेर लामो समयदेखी संघर्स गरि रहेका गुरुङको उक्त एल्बमको भञ्ज्याङ काटि भन्ने गितको भिडियो समेत सार्वजनीक गरेका छन । भञ्ज्याङ काटि उनको तेस्रो भिडियो हो । भिडियोमा परदेश जाने आफ्नो मायालुलाई घरदेखी बिदा गर्नु अघिको पीडालाई चित्रण गरिएको छ ।

क्रेजी ईन्टरटेनमेन्ट प्रा.लि अनामनगर काठमाण्डौले निर्माण गरेको ‘जमाना’ मा ८ वटा गीतहरु समावेश गरिएको छ । सो एल्वममा भाग्यो नि जमाना……, आज लौ तिमी छौं……., अंधेरीमा……., तिम्रै मायाँ लाग्छ…….., फर्केर हेरिदेऊ……., भन्ज्याङ् काटी……, मेरो मनमा…….., आउन साथ देउ…… जस्ता गितहरु रहेका छन ।
क्रेजी इन्टरटेनमेण्डका प्रवन्धक सन्तोस राईको अध्यक्षतामा भएको कार्यक्रमा साहित्यकार धनकुटे कान्छा, पत्रकार सन्तोस राई, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, चलचित्र निर्माता अशोक राई लगायतले ‘जमाना’ एल्बम र गायक गुरुङलाई सफताको शुभकामना ब्याक्त गरेका थिए ।

 

सम्बन्धित खवर