बिधुत कर्मचारी आन्दोलित - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

बिधुत कर्मचारी आन्दोलित

लाामो साय देखी नेपाल बिधुत प्रधिकरणमा काम गदै आएका मिटर रिडिङकर्मचारीहरु आन्दोलीत भएका छन । न्यून ज्यालामा काम गदै आएका कर्मचारीहरुले १० बुदे माग राखेकोमा सरकारले उपेक्षा गर्दै ५ ओटा मागमा संबोधन गर्दै ज्याला दारीको माग पुरा गरी गोटा गन्तीका कर्मचारीलाई उपेक्ष गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन ।

२०७५ साल भदै १७ गते धरान, धनकुटा, खादबारी, भोजपुर, तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङ बितरण केन्द्रले सोही प्रकारका ज्यालामा मिटर रिडिङलाई सेवा सुबिधा दिएको र भद्रपुर, अनारमनी, दमक, उर्लाबारी, बेलबारी, रङगेली, ईटहरी, इनरुवा, दुहवी र बिराटनगरले गोटा गन्तीका मिटर रिडिङहरुलाई सेवा सुबिधा कटैती गरीकोले आफुहरु मारमा परेको भन्दै आन्दोलनमा उत्रीनु परेको मिटर रिडिङ संधर्स समितीका केन्द्रिय अध्यक्ष भिम रिजालले बताए ।

आफुहरुले पहिलो चरणको आन्दोलन स्वरुप आपुहरु मारमा परेको ज्ञापन पत्र उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, नेपाल बिधुत केन्द्रीय कार्यलय काठमाडौ, बिराटनगर षेत्रिय कार्यलय, लगायत अन्य शाखामा ज्ञापन पत्र बुझाएको तर उक्त ज्ञापन पत्रको सुनुवाई नभए मिटर रिडिङहरु अनिश्चित कालका लागी ठप्प पारी क्षेत्रिय कार्यलयमा धर्ना दिने कार्यक्रम रहेको मिटर रिडिङ संधर्स समितीका केन्द्रिय महा सचिव पदम बहादुर घिमिरेले बताए ।

सम्बन्धित खवर