२ सय परिवारको घरमा दशै भित्र्याउदै वडाध्यक्ष - Sainokhabar
  • शुक्रबार, मङि्सर १२, २०७७

२ सय परिवारको घरमा दशै भित्र्याउदै वडाध्यक्ष

दशैमा चामल दशै पछि टिनको छानो ल्याउने वडाध्यक्ष तामाङ

मोरङको सुनवर्शी नगरपालिकाका वडा नं. २ का अध्यक्ष प्रताप तामाङले आफ्नो वडाका २ सय घर परिवारलाई दशैको मुखमा २० केजिका दरले ४० कुईटेल चामल बितरण गरेका छन ।

सुनवर्शी नगरपालिकाका वडा २ को जोवन फुटवल क्लवको अध्यक्ष समेत रहेका प्रताप तामाङले सोहि कल्वको अघुवाईमा १ लाख ८० हजार मुल्यको चामल बितरण गरेका हुन । वडाका अति बिपन्न समुदायमा दशैको मुखमा समेत खुशी नदेखिएकाले आफुले चामल बितरण गरेको थोरै भए पनि खुशी ल्याउन खोजेको बताउनु भएको छ । सो वडामा ज्यालामा काम गरेर खाने अति बिपन्न समुदाय रहेकोले आफुले सो वडामा लुगा कपडा समेत बाड्ने योजना रहेको बताए ।

अध्यक्ष तामाङले आफुले सरकारबाट पाएको सुविधाको रकम ४ लाख २३ हजारको समेत दशै तिहार पछाडी फुसको छोनो भएको घरहरुमा टिनको छानो लगाउने बताउनु भएको छ । दशैको मुखमा चामल पाए पछि खुशीका साथ आफुहरु दशै मनाउने बिपन्न समुदायले बताएका छन ।

 

सम्बन्धित खवर