गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि - Sainokhabar

गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

साइनो समाचारदाता
पोखरा । गण्डकी प्रदेशका चार जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी म्याग्दीका छन् । मालिका, मंगलामा २/२ जना र बेनी नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पर्वतको जलजला गाउँपालिका र महाशिला गाउँपालिकामा १/१ जना, बागलुङको बडीगाड र काठेखोला गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकामा १ जना र कालीगण्डकी नगरपालिकामा १ जनामा कोरोना भाइरस संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ । ९ सय ३८ जना निको भएर घर फर्केका छन् । मृत्यु हुने ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: