पहिरोबाट मृत्यु हुनेको संख्या १० पुग्यो - Sainokhabar

पहिरोबाट मृत्यु हुनेको संख्या १० पुग्यो

साइनो समाचारदाता

तनहुँ । सोमबार पहिरो जादा १० जनको मुत्यु भएको छ । २ जना अझै बेपत्ता छन् भने २ जना घाइते भएका छन् ।

पहिराले घर पुरिँदा जिल्लाको व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चारजना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा ५ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एकजनाको मृत्यु भएको हो । पहिरोले पुरिएर ऋषिङ ८ पल्ट्याङमा पहिराले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा, ३० वर्षीया नानुमाया थापा, २२ वर्षीय महादेव थापा, १९ वर्षीया मनिसरा थापा, ५ वर्कोषीया अनिषा थापाको शव भेटिएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीका अनुसार पहिरोले पुरिदा व्यास नगरपालिका ९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतीमाया घर्तीको पनि मृत्यु भएको छ । म्याग्दे गाउँपालिका ६ बेलौतीडाँडाका १७ वर्षीया लक्ष्मी विकको पनि दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विक पहिरोले पुरिदा गम्भीर घाइते भएकी थिइन ।

पहिराले पुरिएर व्यास ९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन् । घाइते भएका ऋषिङ–८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा र व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: