गण्डकी प्रदेशमा ३२ जनामा कोरोना संक्रमण - Sainokhabar

गण्डकी प्रदेशमा ३२ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता

कास्की । गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् ।

तनहुँको घिरिङ नगरपालिकामा मात्र १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । पर्वतको कुश्मा नगरपालिकामा ३ जना पुरूष र २ महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।

आज बिहानमात्रै गण्डकीमा ४ जिल्लामा २४ जना संक्रमित भेटिएका थिए । नवलपुरमा २, बागलुङमा १४, कास्कीमा ६ र स्याङ्जामा २ जनामा आज बिहानै संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: