प्रदेश सरकारको आँखा छल्दै मन्दिर भित्र सामुदायीक भवन बनाउदै पथरीशनिश्चरे वडा नं. २ - Sainokhabar

प्रदेश सरकारको आँखा छल्दै मन्दिर भित्र सामुदायीक भवन बनाउदै पथरीशनिश्चरे वडा नं. २

साइनो समाचारदाता पथरी/
प्रदेश सरकारले भवन निमार्ण कार्य बन्द गर्नु भनेर पत्रचार गरे पनि पथरीशनिश्चरे वडा नं. २ का वडाध्यक्ष यम प्रसाद गुरगाईले बेवस्था गरेका छन ।
प्रदेश सभा सदस्य कृष्णकुमारी राई, पथरीश्निश्चरे २ का वडाध्यक्ष यामप्रसाद गुरागाई र मन्दिर समितिका अध्यक्ष पार्थ बहादुर बुढाथोकीको दबाबमा मन्दिर परिसरमा जवरजस्ती सामूदायिक भवन निर्माण गर्न थालिएपछि बिबाद उत्पन्न भएको छ ।


स्काईभेटर लगाएर पिलरका लागि तयार गरि गत जेठ १५ गते सांसद राईले सामूदायिक भवनको शिलान्यास गर्नु भएको थियो । १ वर्ष अघि गठित उपभोक्ता समितिले २ कट्ठा १० धुर जग्गामा सामूदायिक भवन निर्माण गर्ने प्रक्रिया सुरु गर्दा शहरी विकास कार्यालय विराटनगरले मापदण्ड पुरा नभएको भन्दै भवन निर्माण प्रक्रिया रोकेको थियो । सामूदायिक भवन बनाउन कम्तीमा ३ कट्ठा जग्गा चाहिने, सामूदायिक संस्थाको नाममा जग्गा हुनु पर्ने निरन्तर र अविछिन्न संस्था हुनु पर्ने लगायतका मापदण्ड तोकिएको छ । पुरानो उपभोक्ता समूहका अध्यक्ष पर्शुराम गुरुङले भन्नुभयो – गत वर्ष हामीले २ कट्ठा जग्गा रहेको सहमति लिएर जाँदा प्रक्रिया अघि बढेन । तर, अहिले अर्कै स्वायत्त संस्थाको आँगनमा लगेर सामूदायिक भवनको निर्माण सुरु भएको छ । उहाँले सत्ताको आडमा जवरजस्ती काम सुरु गरेको आरोप लगाउनु भयो । उहाँले कुनै धर्म विशेषको आस्थामा हामीले चोट पु¥याउँदैनौं । तर विधि , नियम र कानून सबैलाई बराबर प्रयोग हुनु पर्छ ।

शिलान्यासमा नै झ्याली

गत जेठ १५ गते प्रदेश सांसद कृष्णकुमारी राईले सामूदायिक भवनको शिलान्यास गर्नुभयो । तर, शिलान्यास हुँदा जग निर्माणको आधा भन्दा बढी काम भइसकेको थियो । प्रदेश सरकारले आफ्ना प्रत्यक्ष निर्वा्चित सांसदलाई दिएको कार्यक्रम ‘एक निर्वाचन क्षेत्र एक सामूदायिक भवन निर्माण’ अन्तरगत यो कार्यक्रम पथरीशनिश्चरे २ मा आएको प्रदेश सभा सांसद सुयर्माराज राई बताउनु हुन्छ । राईले भन्नुभयो – प्रत्यक्ष निर्वा्चित सांसदका लागि तय भएको कार्यक्रम शिलान्यास हुँदा सूचना सम्म दिइएन । राईले आम नागरिकको भावना विपरित मन्दिर भित्र लगेर सामूदायिक भवन निर्माण गर्दा भोलि समस्या सिर्जना हुने संकेत गर्नुभयो । मन्दिरका लागि सामूदायिक भवन आवश्यक छैन् भन्ने होइन । मन्दिर समितिले पहल गरे मन्दिरलाई छुट्टै बजेट आउछ । तर प्रदेश सरकारले जुन उदेश्यले भवन निर्माण गर्न खोजेको हो त्यो उदेश्य पुरा भएन ।

मापद्धण्ड विपरित सम्झैता गर्दै शहरी विकास कार्यालय

भवनको जेठ १५ गते शिलान्यास भयो । शिलान्यास भएको १२ घण्टा वित्न नपाउदै निमार्ण कार्य रोक्न शहरी विकास कार्यालयले पत्र काट्यो । तर प्रदेश सभा सदस्य कृष्णकुमारी राई, पथरीश्निश्चरे २ का वडाध्यक्ष यामप्रसाद गुरागाई र मन्दिर समितिका अध्यक्ष पार्थ बहादुर बुढाथोकीको शहरी विकास कार्यालय पत्रको धज्जी उडाउदै निमार्ण कार्य सुरु गरि रहे । शिलान्यास भएको ५ दिनमा नै ७० फिट लम्बाई र ३१ फिट चौडाईको भवनको जगको काम सकिएको छ । भवन निर्माण सम्बन्धी जानकारहरू भन्छन् आधा काम सकेर शिलान्यास भएको देखिन्छ । ५ दिनमा यति धेरै काम गर्न नै मिल्दैन । ५ दिनमा नै यो सबै काम भएको हो भने भवनमा ठूलो आर्थिक हिनामिना भएको छ । शिलान्यास भएको दिन शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख राम सवरण चौधरीले पथरीशनिश्चरे नगर कार्यालयलाई पत्र लेख्दै निर्माण कार्य स्थगन गर्न पत्राचार गरेको थियो । तर, सरकारी कार्यालयको उक्त पत्र बारे उपभोक्ता समिति र पथरीशनिश्चरे २ नं. वडा कार्यालय बेखबर छ । उपभोक्ता समितिका सचिव कमल निधि घिमिरे भन्नुभयो – फोटो कपि आएको छ , भन्ने सुनेको हुँ । तर पत्र देखेको छैन । उता २ नं.वडाका अध्यक्ष यामप्रसाद गुरागाईले समेत पत्र आएको सुनेको भए पनि आफ्नो कार्यालयमा हाल सम्म प्राप्त नभएको जवाफ दिनुभयो ।


उता शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख राम सवरण चौधरी भने काम रोकिएको दाबी गर्नु हुन्छ । उहाँले भन्नुभयो – काम नरोकिएको भए उपभोक्ता समितिले काम गर्न फुकुवा पत्र माग्नु पर्ने थिएन । उहाँले भन्नुभयो – कार्यालयले दिएको पत्र बुझेकोले नै उहाँहरूले फुकुवा पत्र माग्नु भएको हो । काम रोक्न निेर्देशन दिँदा दिँदै उहाँहरू काम गरिरहनु हुन्छ भने त्यसको जिम्मा उहाँहरूले लिनुपर्छ ।
१ नं. प्रदेशमा मोरङ क्षेत्र नं. ३(क)का प्रदेश सभा सदस्य एवं प्रदेश सभामा कांग्रेस संसदीय दलका सचेतक सुयर्माराज राईको पहलमा १ सांसद, १ वार्ड १ सामूदायिक भवन कार्यक्रम अन्तरगत सामूदायिक भवन निर्माण गर्न २० लाख रुपियाँ बजेट विनियोजन भएको थियो । सोही बजेट अन्तरगत उक्त सामूदायिक भवन निर्माण हुन लागेको हो ।

कांग्रेस भन्छ – जग्गादाताले जग्गा दिएको ठाउमा भवन बन्नु पर्छ

यसै बीच नेपाली कांग्रेस पथरीशनिश्चरे नगर समितिले समेत विज्ञप्ति निकालेर मापदण्ड विपरित मन्दिरको आँगनमा सामूदायिक भवन निर्माण नगर्न चेतावनी दिएको छ । मन्दिर हिन्दूको आस्थाको केन्द्रको मन्दिरलाई विवादमा ल्याएर राजनीति नगर्न कांग्रेसले सुझाएको छ । सामूदायिक भवन भब्य बनाउ । राम्रो बनाउ । तर , बिधि, नियम र मापदण्ड मिचेर होइन । नगर सभापति ईश्वर थापाले भन्नुभयो । सामूदायिक भवन सबै जात, धर्म, लिङ्ग वर्ण र समूदायको अपनत्व हुने गरी निर्माण हुनुपर्छ भन्ने मान्यतामा कांग्रेस दृढ छ । भोलिका दिनमा आउने संकटको सामना विधि र नियमलाई धोती लगाएर जवरजस्ती काम गर्नेहरूले लिनु पर्छ– कांग्रेस सभापति थापाले भन्नुभयो ।

आयोजनाको सूचना पाटी छैन

्काम सुरु भएको एक साता वित्न लाग्दा समेत उपभोक्ता समितिले आयोजनाको सुचना पाटी राखेको छैन् । सचिव घिमिरेले लकडाउनका कारण सुचना पाटी राख्न नसकिएको बताउनु भयो । सोहि भवन निर्माणका लागि सोहि वडाको सेन्टरमा प्रेम लिम्बु र मचिन्द्र योङहाङले १/१ कठ्ठा जग्गा दिएका छन । शिलान्यासको दिन विबाद भए पछि ईलाका प्रहरी कार्यलयमा छलफल बसेको थियो । उक्त छलफलमा शहरी विकास कार्यालयले निमार्ण कार्य रोक्ने आदेश दिए भए काम रोक्नु हैन भने निमार्ण कार्य रोक्न नमिल्ने ईलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरी बताए पछि दुबै तर्फको सहमति भएको थियो तर शहरी विकास कार्यालयले निमार्ण कार्य रोक्ने आदेश दिए पनि वडा, नगर र प्रहरी कानमा तेल हालेर नसुनेझै गरेको देखिन्छ ।

सम्बन्धित खवर

%d bloggers like this: