कानेपोखरीमा एक युवति झुन्डिएको अवस्थामा मृत फेला - Sainokhabar

कानेपोखरीमा एक युवति झुन्डिएको अवस्थामा मृत फेला

मोरङको कानेपोखरी(४ पिङ्गडाडामा एक १८ बर्षिय युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन।

धनकुटाको मुगाबाट करिब १ बर्षअघि विवाहगरि पिङ्गडाडा आएकी युवती सुनिता तामाङ्गको शव घरबाट करिब ४ सय मीटर टाढा पिठारीको रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ।
माईतीपक्षबाट आफन्त आउँन केही समय लाग्ने भएकाले शव रुखबाट झारिएको छैन । माईती पक्ष नआई शव रुखबाट नझार्नु भने पछि घटना स्थल प्रहरीको निग्रानिमा रहेको छ । माईती पक्ष आउन समय लाग्ने भएकाले मृत्युुबारे थप विवरण आउन सकेको छैन । घटनाबारे प्रारम्भीक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय पथरीका ईन्चार्ज दिलिप कुमार गिरीले जानकारी दिनु भयो
घटना स्थल इलाका प्रहरी कार्यलय पथरीको निग्रानिमा रहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: