बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु, २२ जना घाइते - Sainokhabar

बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु, २२ जना घाइते

साइनो समाचारदाता काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा आज राति बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।

भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको र दुर्घटनामा परि ११ जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए । उनका अनुसार चार–पाँच जनाको अवस्था गम्भीर छ ।’

सम्बन्धित खवर

%d bloggers like this: