प्रदेश सरकारको बजेट पथरीमा मनोमानी (भिडियो सहित) - Sainokhabar

प्रदेश सरकारको बजेट पथरीमा मनोमानी (भिडियो सहित)

साइनो समाचारदाता पथरी । सामुदायीक भवन निमार्ण गर्नका लागि प्रदेश सरकारले दिएको २० लाख रकम दुरुपयोग गरेको स्थानियले आरोप लगाएका छन । मोरङको क्षेत्र नम्वर ३ “क” पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ मा सामुदायीक भवनका लागि प्रदेश सरकाले छुट्याएको योजना दुरुपयोग भएको देखिएको छ । मन्दिर समितिका अध्यक्ष पाथबहादुर बुढाथोकी र वडाध्यक्ष याम प्रसाद गुरागाईको मिलेमतोमा सामुदायीक भवन मन्दिरको जग्गामा निमार्ण सुरु गरेका छन ।

 

प्रदेश सरकारले आर्थिक बर्ष २०७५/७६ मा सामुदायीक भवनका लागि बजेट विनियोजन गरेको भए पनि काम हुन सकेको थिएन । सोहि बजेट यस बर्ष पनि विनियोजन भएको थियो । अघिल्लो समितिले भवनका लागि निजी जग्गा चाहिने भए पछि २ कठ्ठा जग्गा पनि प्राप्त गरेको थियो । तर सामुदायीक भवनका लागि ३ कठ्ठा जग्गा चाहिने भएकाले अघिल्लो बर्ष भने भवन बन्न सकेन । आर्थिक बर्ष २०७६/७७ मा सोहि बजेटको काम गर्न वडामा अर्कै समिति बन्यो । करिव ३ कठ्ठा १० धुर क्षेत्रफल भएको लक्ष्मि नारायण मन्दिरमा सामुदायीक भवन बनाउने योजना अनुसार जेष्ठ १५ गते प्रदेश सांसद कृष्ण कुमारी राईले सिलन्यास गर्नु भयो ।

सामुदायीक भवन मन्दिरमा हुदा सामाजिक सदभावमा असर पर्ने भन्दै अघिल्लो बर्ष तोकिएकै स्थानमा हुनु पर्ने स्थानियले माग गरेका छन । सामुदायीक भवन बनाउ आफ्नो निजी जग्गा चाहिने भए पछि आफुले जग्गा दिएको तर अहिले राजनितीकरण गरि सामुदायीक भवन मन्दिरमा पुर्याएकोमा जग्गादाता प्रेम लिम्बुले दुखेसो गरेका छन । उनले भने समाजको विकास र समुदायको लागि जग्गा दिदा पनि राजनितीकरण गरी वडाध्यक्षले आफ्नो पाटिका मान्छे र आफ्नो पाएक योजना पुर्याएको बताए ।

यता सामुदायीक भवनमा समुदायका विभिन्न चार्ड पर्व र कार्यक्रम हुने हुनाले मन्दिरमा समस्या आउन सक्ने मन्दिरका पुजारीको भनाई छ । पुजारीका अनुसार परम्परा देखिनै लक्ष्मीनारायणको मन्दिरमा काटमार हुदैन ।मापदण्ड विपरित सामुदायीक भवन मन्दिरमा बनाएको स्थानिय पर्शुराम गुरुङले बताए । अघिल्लै बर्ष समिति निमार्ण र जग्गा प्राप्त भएको कुरा वडाध्यक्षलाई थाहा थियो तर कुन नियतले अको समिति बनाएर र अकै स्थानमा भवन सिलन्यास गरियो ? गुरुङले प्रश्न गरे । समाजमा बिभिन्न जात जाती र धर्म समुदायका मानिस छन ।

आ आफ्नो परमपरा अनुसार कार्य गर्ने भएकाले काटमार हुन सक्छ त्यो बेला सामाजिक सद्धभावमा खलल पुग्न सक्ने पहिले बनेको समितिका अध्यक्ष मानबहादुर पाठकले बताउनु भयो । मन्दिरमा भएको जग्गा भन्दा बढि जग्गा प्रप्त भएको ठाउमा नबनाएर वडाध्यक्षले राजनितीकरण गरेर पाठककले बताए ।सामुदायीक भवनका लागि कम्तीमा ३ कठ्ठा र छुटै सामुदायीक भवनको नाममा जग्गा चाहिने हुनछ । पहिले बनेको समितिले काम गर्न नसके पछि अर्को समिति प्रकृया पुराएर आएकाले आफुले सिफारीस गरिदिएको वडाध्यक्ष याम प्रसाद गुरगाईको भनाई छ ।

सम्बन्धित खवर

%d bloggers like this: