स्वास्थ्यमन्त्री ढकाललाई ने.बि संघ तेह्रथुमका सहसचिव बिदुर बस्नेतको खुल्ला पत्र - Sainokhabar

स्वास्थ्यमन्त्री ढकाललाई ने.बि संघ तेह्रथुमका सहसचिव बिदुर बस्नेतको खुल्ला पत्र

आदरणीय स्वास्थ मन्त्री ज्यु, १ नंबर प्रदेश तेह्रथुम जिल्ला, छथर गाउँ पालिका वडा न. २ निवासी बिदुर बस्नेतको तर्फबाट नमस्कार

आदरणीय मन्त्री ज्यु , हाल विश्व एउटा अदृश्य भाइरस कोभिड १९ (कोरोना) को भयावह स्थिति बाट गुज्रिरहेको छ । विश्व भर लाखौं मानिसहरु यो भाइरस बाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संक्रमित भएका छन भने हजारौंको ज्यान गुमिसकेको अवस्था छ । यस भाइरस विरुद्ध हाल सम्म कुनैपनि औसधि उपचार पत्ता नलागेको अवस्थामा मानव जीवन थप नाजुक हुने निश्चितै छ ।

एक व्यक्ति बाट अर्को व्यक्तिमा यो भाइरस फैलिने भएकोले आज विश्व भर पुर्ण लकडाउन गर्नु परेको छ । साथै जनताको जनजिवन प्रभावित स्वत स्पुर्थ रुपमा रहेको छ । हाम्रो छिमेकी मुलुकहरु भारत र चीनमा यो कोभिड १९ भाइरसले विकराल अवस्था सिर्जना भै लाखौ मानिस हरुको ज्यान गुमेको छ । विशेषगरी नेपालको तराइ भु–भाग भारत संग नजिक छ । खुल्ला सिमाना भएकोले संक्रमण फैलिन सक्ने जोखिम अत्यन्तै बढी रहेको छ । यस्ले जनजीवन थप कष्टकर बनाएको छ । लकडाउन बाट भोग्नु परेको समस्या त छदैछ तथापि थप मानसिक दबाब बढ्न थालेको छ ।

मन्त्री ज्यु लाई किन यो पत्र लेखिएको भने, यहाँ अबस्थित क्षेत्रीय अस्पतालको अवस्था र यो अस्पताल लाई तत्काल राज्य गहन रुपमा ध्यानाकर्षण होस भनेर नै हो । धेरै जनसंख्या रहेको यस प्रदेश खुल्ला सिमाना भएकोले रोजगारी का लागि नेपाल भारत दुबै मुलुकका नागरिकहरु को आवतजावत रहि आएको छ । भारत सरकारले लकडाउन खुला गरेमा अवस्था नियन्त्रण गर्न धेरै मुस्किल पर्ने देखिन्छ ।

हाल क्षेत्र भित्र आइसोलेसन वार्ड धेरै कमि छन् र जनसंख्या हेर्ने हो भने अत्यन्तै बढी र कुनैपनि बेला समस्या आएमा उपचार असम्भव भने निश्चित छ । तसर्थ सरकार ले तत्काल यस क्षेत्रमा आइसोलेसन वार्ड का लागि थप्न आवश्यक कदम चाल्नु पर्छ । यो संभावना नभए अस्पतालको निगरानीमा कतै नजिक खुल्ला स्थानमा वा कृषि वजारमा नया आइसोलेसन वार्ड सहितको कोरोना परिक्षण केन्द्र निर्माण गर्नुपर्ने देखिन्छ ।

PPE र SWAB परिक्षण ल्याबको व्यवस्थापन तत्काल गरिनु पर्ने तथा कोरोना संक्रमण सकारात्मक हो वा नकारात्मक हो भन्ने जानकारी छिटो गराउने माध्यम उपलब्ध गराइ स्वास्थ्य परिक्षण का सामाग्रीहरु बढाइ उपचारमा थप जिम्मेवार हुनको लागि अनुरोध गर्दछु । स्थानीय सरकार को भुमिका कमजोर र लापरवाहि देखिएको हुनाले अनावश्यक राजनैतिक खेलोमेलो मा स्थानीय सरोकारवाला निकाय र राजनीतिक दलहरु फसेकाले राहत संकलन र बितरण मा समेत असर परेको कुरा जानकारी गराउन चाहन्छु ।

जिल्ला प्रशासन समेत गैर जिम्मेवारी भैरहेको हुनाले जिल्लामा दैनिक ज्याला मज्दुरी गरेर खाने परिवारहरु को बिचल्ली हुन थालेको छ । यस्मा पनि केन्द्र बाट उचित निर्देशन र अवलोकन का लागि ध्यानाकर्षण गराउन चाहन्छु । बढ्दो गर्मी सङसङै अब तराई का जिल्लाहरु मा मलेरिया ,फेलरिया,इन्सेफलाइटिस, डेङ्गु र सर्प , आदि बाट प्रभावित हुने गर्दछ । यो कोरोना रोकथाम संगै मानिस हरु को बढ्दो आवतजावत ले अन्य रोगहरु को सिकार हुनु पर्ने बाध्यता हामी माझ मा रहने त्रास छ ।

तसर्थ यस्मा पनि बेलैमा सरकार र विशेष गरि स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण समयमै होस र थप क्षति हुन बाट देशलाई बचाउन यो खुला पत्र बाट नै स्वास्थ मन्त्री ज्यु समक्ष गम्भीर रुपले ध्यानाकर्षण गराउन चाहन्छु ।

विदुर बस्नेत १ न.प्रदेश, छथर गा.पा. वार्ड नं २ शुक्रबारे

सम्बन्धित खवर

%d bloggers like this: