माराेहाङवाद: डिलिङ्किङ्, रिलिङ्किङ् र लिङ्किङ् - Sainokhabar

माराेहाङवाद: डिलिङ्किङ्, रिलिङ्किङ् र लिङ्किङ्

माराेहाङवाद: डिलिङ्किङ्, रिलिङ्किङ् र लिङ्किङ

डा. माराेहाङ लिम्बूले प्रस्तुत गर्नुभएको “The Sirijanga Syllabary Inventions and Intervention: Politics in Writing and Rhetoric in Yakthung Laje” माथिकाे रिभ्युमा, “मुन्धुम एकेडेमीया”काे नंया प्रस्ताव राख्दै, नंया सिद्धान्तमाथि छलफल भएको थियोे ! उहाँको, सैद्धान्तिक तथ्यमाथी याक्थुङ् समुदायले गरिरहेकाे र गर्नुपर्ने कामहरू माथि मेरो तिनवटा टिपाेट रहेको छ !

१) संस्कृति र भाषा :
सन् १७७४ काे नुनपानी सन्धिपछि याक्थुङ जातीहरूमा, सांस्कृतिक अाैपनिवेशिकता लाद्न थालिएको ईतिहास पाईन्छ ! याक्थुङ्बाहरूले जबर्जस्ती दशैं मान्नुपर्ने, टीका लगाउनुपर्ने अादि कामहरू लाद्न थालियाे ! भाषामा, जबर्जस्त, संस्कृत पढ्नुपर्ने नीति लागू भयो ! यी, सबै खस-अार्य अाैपनिवेशिकताकाे नमुना हुन् ! अब, माराेहाङ अाम्भु भन्नुहुन्छ- हामीले लादिएकाे संस्कृतिलाई छाेड्दै डिलिङ्कीङ् गर्ने । सावा येत्हाङ, सुसुवा लिलिम, युमा लगायत मुन्धुमी पात्र र भास्यकाे प्रयाेग गर्दै, अाेर्गानिक संस्कार र संस्कृतिसँग रिलिङ्किङ् गर्ने । त्यसपछि, स्थानीयदेखि विश्वव्यापी रूपमा हाम्रो मुन्धुमी अाेर्जिनालिटीलाई लिङ्किङ् गर्ने ! तब, हामीले प्लेटाे, अरस्ततुका एकेडेमीया माथि धावा बाेल्दै, मुन्धुमी एकेडेमीया निमार्ण गर्न सक्छौं । अर्को कुरा, किराँत धर्मको नाममा विकास भएको लारूम्बे संस्कारले “मुन्धुमी एकेडेमीया”काे लागि काम गर्दैन । त्यसले, खस-अार्य अतिक्रमण थप पुष्टि गर्दै, माराेहाङवादकाे: डिलिङ्किङ्, रिलिङ्किङ् र लिङ्किङ् मिथाेडाेलाेजीकाे अस्वीकार गर्दछ ।

२) राजनीति :
लिम्बूवान अान्दोलन र सँगसँगै स्थापना भएको राजनीतिक पार्टीहरू पनि, डिलिङ्किङ्, रिलिङ्किङकाे चरणमा पुगेको देखिन्छ । अाफ्नाे पहिचान स्थापना गर्न स्थापित राजनीतिक दलहरू जस्तै: जसपा, राष्ट्रिय जनमुक्ति पार्टी, सलाेराम, किरात वर्कस पार्टीहरूले, नजानिन्दाे ढंगले माराेहाङवादकाे अवधारणामा काम गरेको पाउन सक्छौं तर जनता माझ लिङ्किङ्काे अभावमा अझै स्थापित हुन सकेका छैनन् ।

३) सङ्गित:
लिम्बू समुदायले अाफ्नाे गित र सङ्गित बचाई राख्न सकेको ठहर छ । त्यसैक्रममा, माराेहाङले, झुमा लिम्बूको खासाम कलेक्सनलाई काेड गर्दै भन्छन्- पालाम, ख्याली र हाक्पारे जस्तो लाेकसङ्गित बच्नु भनेको पश्चिमी, रवीन्द्र सङ्गितकाे अाैपनिवेशिकता नलादिनु हाे । हाम्राे सङ्गितलाई थप अाेर्जिनालटीमा ढाल्दै, डिलिङ्किङ गर्ने । सावा येत्हाङकरण गर्दै सङ्गितलाई रिलिङ्किङ गर्ने र ग्लाेबल सुगम सङ्गितमा जाेड्दै लिङ्किङ् गर्नुपर्ने अाफ्नाे सैद्धान्तिक धारणा पेश गर्छन् ।

अन्त्यमा, मुन्धुमलाई सापेक्षीकरण गर्दै नंया “मुन्धुमी एकेडेमीया” निर्माण गर्न, डा. माराेहाङकाे सैद्धान्तिक विधि डिलिङ्किङ्, रिलिङ्किङ् र लिङ्किङ् काेसेढुङ्गा साबित हुनेछ । अाैपनिवेशिक चेतनालाई धवस्त बनाउँदै, स्वयम् बाेधकाे नंया “स्कुल अफ थट” निमार्ण गर्न डा. माराेहाङ्का किताब, विचार र सैद्धान्तिक विधि सबैलाई महत्त्वपूर्ण टुल्स बन्नेमा दुईमत नहाेला । र, नै माराेहाङ्वाद नबन्ला भन्न सकिन्न ।

सन्दर्भ सामाग्री

1) Marohang Limbu and Catheryn Jennings(November, 2017), Delinking, relinking and linking yakthung indigenous, Mundhum (music) theories, philosophies, and practices, Volume 4, Issue 2, pp. ( 637-646)journal of global literacies, technologies, and emerging pedagogies.

2) Marohang limbu (march, 2017) Delinking, relinking and linking methodologies: A glimpse of kirat-yakthung(Limbu) language, writing and literacy, Volume 4, Issue, ( 638-646) journal of global literacies, technologies, and emerging pedagogies.

3) Dr. Marohang Limbu’s talk( May19, 2020), 6:00 pm; Limbuwan readers’ club

सम्बन्धित खवर

%d bloggers like this: