नेपालको कोभिड १९ को पछिल्लो अपडेट के छ? - Sainokhabar

नेपालको कोभिड १९ को पछिल्लो अपडेट के छ?

साइनो समाचारदाता

पथरी । नेपालमा ४ सय ४४ जनालाई कोभिड १९ भएको पुष्टी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा १ लाख १० हजार ५ सय ८३ जनाको कोभिड १९ को परिक्षण गरेको जनाएको छ । विहीबारसम्ममा पिसिआरबाट ३५ हजार ५ सय ११ र आरडिटिबाट ७५ हजार ७२ जनाको परीक्षण गरेको हो । मन्त्रालयको अनुसार पीसीआर परीक्षण गरिएको मध्ये ३५ हजार ६७ जनामा सक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा २३ हजार २ सय २ जना क्वारेन्टाइनमा रहेको, ३ सय ८० जना आइसोलेसनमा रहेको, ४५ जना निको भएको र २ जनाको मृत्यु भएको उल्लेख छ । विश्वभरमा ४८ लाख १ हजार २ सय २ जनामा संक्रमित देखिएको छ । ३ लाख १८ हजार ९ सय ३५ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: