वृद्धभत्ता लिन लाइन बसेका जेष्ठ नागरिकको मृत्यु - Sainokhabar

वृद्धभत्ता लिन लाइन बसेका जेष्ठ नागरिकको मृत्यु

साइनो समाचारदाता

धादिङ । जिल्लाको गङ्गाजमुना गाउँपालिकाका एक जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ ।

गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए । गुरुङको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए ।

सम्बन्धित खवर

%d bloggers like this: