धान नाच ( या: लाङ्गमा ) उत्पत्ति मुन्धुम : - Sainokhabar

धान नाच ( या: लाङ्गमा ) उत्पत्ति मुन्धुम :

√भुमी सौदेन लिम्बु

पहिला समयमा मानिसहरु भेला भएर बसेको ठाउमा ( फेल्यारे फेम्बुना) चरा उडेर आयो अनि मानिस हरुलाई (मेंछ्याम याम्मी )सा हो भन्न थाल्यो | तागेरा निङ्गवाफुमा माङ्गको सन्तान हरु मध्ये सबै भन्दा सर्बश्रेष्ठ र चेतन सिल प्राणी तिमीहरु हौ अनि बुद्दी तागत साहस बल तिमीहरु सग छ | खेतीपाती गरेर अन्न उत्पादन गरेर खान्छौ म (या: रिम्बा) धान बिउ ल्याई दिन्छु |एउटा सत्य बाचा गर्नु पर्छ|फेम्बुना चरा ले भन्यो | यहि कुरा सुनेर मानिस हरु चराको सर्त अनुसार मान्न तयारी भए| मनुष्यह खेति बारीमा धान बालि लगाई सके पछी धान पाक्छ त्यस समयमा हामीलाई खानु पाउनु पर्छ | धान पाकेको खादा हामीलाई धपाउन पासो थापेर मार्नु | गोलेली हानेर मार्नु पाउने छैनौ भनेर चराले आफ्मो बिचार धारणा राख्यो | चराको धारणा मानिस हरुले माने पछी चरा ( फेल्यारे फेम्बुना ) पु उडेर आकाश तिर (या:रिम्बा) बिउ लिन गइ अदृश्य भयो | खुशीका साथ मानिसहरु फर्खी बसे | अनि (फेल्यारे फेम्बुना ) पु चराले (या:रिम्बा) बिउ खोजि मुख को चुच्चा ले च्यापेर केहिदिनको समय पछी मानिस भए ठाउमा ( ताक्मारो घैया) धान को बिउ ल्याई आइपुग्यो |ताक्मारु घैया धान संसारको सबै भन्दा पहिलो अन्न को बिउ भनेर चिनिन्छ या भनेको पाइन्छ |र मेंछ्यंग याम्मी हरुले फेल्यारे फेम्बुना चरा बाट प्राप्त भएको बिउ खोरिया फाडेर जमिन खोस्रे र माटोमा छरी दिए |प्राकृतिक ले दिए अनुसार हावा पानि माटो मल जल प्राप्त अनुसार तक्मारो धान बिरुवा हुर्कंदै बढ्दै फुल्न थाल्यो |साथै धान बाला हरु पाक्नु थाल्यो |

मानिस र चरा बिचको सर्त अनुसार चरा हरुआइ बारीमा पाकेको धान खाना थाल्यो |मानिस हरुले पनि लाने खाने गर्न थाल्यो |यसरीनै बर्सौ सम्म चली रहयो | मानिसको जनसख्या पनि बढ्दै गयो खाने कुराको पनि अभाप हुँदैगयो |त्यसैले अब चरा हरुले धान खान नपाउने के गर्नु पर्छ भने कुराको उपाय निकाल्न मानिसहरु भेला भएर छलफल गरे अनि खेत को गरामा खला बनाइ धानलाइ नल सगै काटी धान लाइ जम्मा गरे पछी चरा हरुले खान पाउदैनान |भन्ने सल्लाह गरि सल्हा बोमोजिम काम गरे तर पनि चरा हरुले खलामा धान खान छोडेनान |क्षेतिनै पुरियाए अनि मानिस हरुलाइ धेरै दुख भयो पिर भयो |चराहरुको ज्यादै दुख पिर बाट मुक्त हुन् मानिस हरु भेला भइ छलफल गर्न बाध्य भए |छलफल अनुसार पाकेको धान लाई काटेर खलामा जम्मा गर्ने जम्मा गरिएको धान को रास मा गोलो घेरा बनाइ सबैले मिलेर एक अर्का मा हात समाती पालाम गाउदै छुइयामा …..हा ….हा …छुइया मा पकन्दे उफ्रिन्नु पर्छ नाच्नु पर्छ |उफ्राइ नचाई बाट धान पनि झर्ने पराल पनि फल्ने चरा हरुपनि किचेर मर्छ भनेर डर ले पनि भाग्ने भनि चरा हरुले धान खान बाट रोक्न सकिन्छ भनि सल्हा गरे | पहिला चरा र मानिसको सर्त खेदाउन मार्न नहुने थियो तर मानिस हरुले अप्रत्यक्ष ढंगले चरा हरुलाई खेदाउने बुद्दि रचे | मानिस हरुको सल्हा बुद्दी रचे अनुसार (खलामा जम्मा गरिएको धान को रासमा चरा हरु आइ खान थाल्दा|मानिस हरु जम्मा भई कदममा कदम मिलाई पालाम गाउदै स्वारमा स्वार मिलाई एक अर्कामा हात समाती छुइयामा …..हा …..हा छुइया पकन्दे भन्दै पालाम गाउदै नाच्न थाले चरा हरु कुल्चेर मिचेर मार्छन् भनेर चरा हरु डरले धान को रास बाट भाग्न थाले यसरि नै मेंछेयांगगेन नाम्याप्मी सा मानिसहरुले हरुले चरा हरुलाई खेदाउन सफाल भए | पछी धान लाइ चराहरु बाट हुने क्षेतीलाई बचाउन गरिएको उपाय नै ( या: धान लाक्मा कुल्चिन्नु नाच्नु ) या: लाक्मा धान नाच हुन् गयो |यसरी नै याक्थुङ्ग समाजमा ( या:लाक्मा ) धान नाच एक लोक प्रिय सस्कार सस्कृतिको रुपमा बिकास हुदै आएको हो |
प्रथममा त अप्रत्यक्ष रुपमा चरा खेदाउने उपाय अनुरुप धान नाच्ने कार्य सिमित क्षेत्रमा भएता पनि दिनप्रति दिन जान सख्या बढे अनुसार याक्थुङ्ग लाजे सबै ठाउमा फरक फरक गाउ समाज भए पनि याक्थुङ्ग (धान नाच या:लाक्मा या: लांग ) बिस्तार हुदै गएको हो यसरीनै याक्थुङ्गबा हरुको एक लोक प्रिय (सस्कार सस्कृति परम्परा) धान नाच (या:लांग या:लाक्मा) उत्पत्तिको भए अनुसार याक्थुङ्ग मुन्धुम मा पाइन्छ|
सेवारो ।
ताप्लिजाेङ सिकैचा -८ ओसे याभत्लुंग फावामा

( याक्थुङ साँस्कृतिक अभियन्ता एवम् युमा साम्याे महासभा, असस सदस्य रहेका भुमी सौदेन लिम्बुले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्तिएक दिन  एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: