चासोक मैदानमा घेराबेरा तथा कंक्रिटको पर्खाल निर्माण नबनाउः चुम्लुङ - Sainokhabar

चासोक मैदानमा घेराबेरा तथा कंक्रिटको पर्खाल निर्माण नबनाउः चुम्लुङ

साइनो समाचारदाता

उर्लाबारी(मोरङ)। किरात याक्थुङ चुम्लुङले मोरङ र झापाको सिमानामा अवस्थित उर्लाबारी नगरपालिकाको वडा नम्बर ९ मा रहेको आम्बारी खेल मैदानसँगै जोडिएको चासोक मैदानमै बन्दै गरेको कंक्रिटको पर्खाल निर्माण कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चुम्लुङ जिल्ला शाखा सचिब योबाहाङ तुम्बाहाङ्फेले विज्ञप्ती जारी गर्दै सो ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा भनिएको छ, ‘ मोरङ र झापााको सिमाना अवस्थित आम्बारी खेल मैदानसँगै जोडिएको चासोक मैदानमै बन्दै गरेको कंक्रिटको पर्खाल निर्माण कार्य प्रति किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा मोरङको गम्भीर ध्यानाकर्षण भएको छ । धार्मिक तथा सांँस्कृतिक स्थल सम्पदाहरु माथि निरन्तर आक्रमण हस्तक्षेप भैरहेको सम्दर्भमा किरात याक्थुङ चुम्लुङले सदैब खबरदारी गर्दै आएको जनाउँदै चासोक मैदान अतिक्रमण र हस्तक्षेपकारी कर्मले आदिबासी याक्थुङ समुदायको आस्थाको केन्द्र धार्मिक तथा साँस्कृतिक स्थल र सम्पदाको उपहास भएको चुम्लुङको भनाई छ । नेपालको संविधान–२०७२ को प्रस्तावनामा उल्लेखित धर्म निरपेक्षता, राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा उल्लेखित विभिन्न जात, जातिको धर्म भाषा, संस्कृतिक र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गर्ने, आईलएलओ १६९ को पक्ष राष्ट्र नेपाल, युएनड्रिप, स्थानीय सरकार सञ्चालन ऐन–२०७४ र सर्वोच्च अदालतबाट २०७४ कात्तिक ८ गते जारी भएको परमादेशको सम्मान गर्दै आदिबासी पहिचान, अस्तित्व आस्थालाई राज्यले संरक्षण गरेर समाबेशी विकास मोडल अबलम्बन गरी अघि बढ्नुको सट्टा, विद्यमान ऐन कानुन नीति नियम, निर्देशन, राज्यको निर्देशक सिद्धान्तविरुद्ध गई एकात्मक चरित्रको नीति अबलम्बन गरिएको निर्माण कार्य अबिलम्ब रोक्न जोडदार माग गरेको छ । चुम्लुङले भनेको छ, ‘चासोक मैदान भूभागलाँई छाडेर खेल मैदान भूभागमै घेराबेरा तथा कक्रिटको पर्खाल निर्माण गर्न गराउन सम्बन्धित सरोकारवाला विनर्म अनुरोध गर्दछौं ।’

सम्बन्धित खवर

%d bloggers like this: