लकडाउको मौका छोपि फर्जि विल पास गराउदै कानेपोखरीको ग्रामीण सुधार सामुदायीक वन - Sainokhabar

लकडाउको मौका छोपि फर्जि विल पास गराउदै कानेपोखरीको ग्रामीण सुधार सामुदायीक वन

साइनो समाचारदाता पथरी/

मुल समिती र लेखा समितिको मनोमानी, मिलेमहत्वमा वनलाई देखाए ७४ लाख ६६ हजार ८ सय खर्च, समिति माथि क्षेत्रिय समिति क्षेत्र नं. ३ द्धारा छानविन गरि कार्वाहिको माग

कोरोना संक्रमण तथा लकडाउनको मौका छोपि मोरङको कानेपोखरी गाँउपालीकाको ग्रामिण सुधार सामुदायीक वनले फर्जि बिल सहित ७४ लाख ६६ हजार ८ सय खर्च सामुदायीक वनको नाममा चडाएको पाईएको छ । जेष्ठ ६ गते बसेको मुल समिति र लेखा समितिलको बैठकले गएको श्रावण १ गते देखि २०७७ बैशाख मसान्त सम्मको आम्दानी तथा खर्चमा पास गरेको थियो । समितिले आम्दानीमा ५५ लाख ४१ हजार माथि निकालेको छ भने खर्चमा ७४ लाख ६६ हजार ८ सय देखाएको छ ।


मुल समिति र लेखा समितिले निकालेको हिसाव १० महिनाको हो । उक्त ग्रामिण सुधार सामुदायीक वनलाई २०७४ सालमा वनको विधार र कार्ययोजना विपरित कार्य गरेकाले अख्तियार आयोगमा मुद्धा परेको छ । मुद्धा फैसला नहुन्जेल वनको रेखदेख भन्दा बाहेक कुनै कार्य गर्न पाईन्न तर १० महिनामा आम्दानी भन्दा बढि यत्रो खर्च कसरी आयो उपभोक्ता नै अन्योलमा छन ।
ग्रामीण सुधार सामुदायीक वन क्षेत्र नं. ३ का अध्यक्ष शेरबशादुर लिम्बु भन्छन २०७४ साल देखि नै आर्थिक अनियमितता भएको हो मैले पटक पटक सचेत गराएको तर कहिल्यै सुध्रिएन । उपभोक्ताको आँखा छल्दै सामुदायीक वनका मुल समिती र लेखा समितिले ७४ सालको होटलको खर्च ७७ सालमा मिलान गर्न खोजे पछि मैले डिभिजन वन कार्यलय विराटनगरलाई छानविन गरि कार्वाहिको माग गरेको शेरबशादुर लिम्बुले जानकारी दिए ।


सामुदायीक वनको मुल समितिले जेष्ठ ६ गते उपभोक्तालाई थाहै नदिई फर्जि विल भरपाई पेश गरि आन्तरिक लेखा समितिको मिलेमहत्वमा अनावस्यक खर्च वन समुहलाई बोकाउने गरेको आरोप छ । ग्रामिण सुधार सामुदायीक वनका कर्मचारीले असोज देखि हाल सम्म कुनै पनि कर्मचारीले तलब नपाएको कर्मचारी हिम प्रसाद तिम्सिना बताउछन ।
मुल समिति र लेखा समितिले सामुदायीक वन समुहलाई २१ लाख ऋण बोकाए भन्दै मुल समिति र लेखा संमिति संयोजक विजय गोपाल गडतौला बिरुद्ध क्षेत्र नं. ३ ले डिभिजन वन कार्यलय विराटनगरलाई कार्वाहिको माग गरेको छ ।
ग्रामिण सुधार सामुदायीक वनले वनको विधान र कार्ययोजना विपरित कार्य गरेकाले २०७४ सालमा अख्तियार आयोगमा मुद्धा परेको छ भने कोरोना संक्रमण तथा लकडाउका बेला सामुदायीक वनका पदाधिकारीहरुले सामुदायीक वनको नाममा अनावस्यक खर्च देखाई चरम भ्रष्टचार गरेको देखिइको छ । सामुदायीक वन उपभोक्ता समुहले मुद्धा फैसला नभएका कारण घाट गद्धी गरेको काठ बेच्न पाएको छैन । वनको रेख देख गर्दै वनको खाली भागमा वृक्ष रोपण गर्दै आएका छ ।
यता ग्रामिण सुधार सामुदायीक वनका अध्यक्ष तथा मुल समितिका संयोजक नविन राई भने वनमा केहि कम्जोरी भएको छ तर मुल समिति र लेखा समितिले मात्रै हैन सबैबाट भएको बताउछन । वनमा मुद्धा लागे पछि आम्दानी नभएकाले मुद्धा लागे यताको खर्च सबै प्रत्येक आथिक वर्षमा मिलान गर्दै आएको राईको भनाई छ । राईले थपे लागेको आरोप भने आरोपै मात्र हो जस्ले लगाउनु भएको छ उहाँहरु पनि त्यस्मा सहभागिता रहनु भएको राईको भनाई छ ।

 

सम्बन्धित खवर

%d bloggers like this: