कांग्रेस पथरी शनिश्चरेको माग मल, बिऊ र कोरोना परीक्षण तिब्र पार्नुपर्ने - Sainokhabar

कांग्रेस पथरी शनिश्चरेको माग मल, बिऊ र कोरोना परीक्षण तिब्र पार्नुपर्ने

साइनो समाचारदाता पथरी/

मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगर सरकारले लकडाउनमा जनताको हरेक पिर मार्का बुझ्नुपर्ने माग राख्दै नेपाली कांग्रेस पथरीशनिश्चरे नगर समितिले ज्ञापन पत्र बुझाएको छ । मंगलबार नगर प्रमुख र उप प्रमुख संयुक्तलाई नेपाली कांग्रैस नगर कमिटिले ७ बुदे सुझाव ज्ञापन पत्र बुझाएको हो ।

कार्यबहाक सभापती इश्वर बहादुर थापाको नेतृत्वमा बुझाएको ज्ञपन पत्रमा कृष्कहरुका लागि आवश्यक मल, बिऊ उपलब्ध गराउनुपर्ने, दोस्रो चरणको राहत प्याकेज घोषणा गर्नुपर्ने, नगरमा कोरोना परीक्षण तिब्र पार्नुपर्ने, नगरका सबै नाकाहरु सिल गर्नुपर्ने, नगरमा उत्पादन हुने कृषि सामाग्रीको संकलन केन्द्र स्थापना गरेर व्यवस्थापन गर्नुपर्ने र यसअघी बुझाएको ज्ञापन पत्रका बारेमा के के भयो सो विषयको जानकारी दिनुपर्ने लगाएतका माग ज्ञापन पत्रमा गरिएको थियो ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख दिलिप कुमार राईले सबै पार्टीले सकारात्मक रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो । नगरमा राहतका लागि संकलन भएको नगद, जिन्सी लगाएतका विषयमा समेत राईले संक्षिप्त जानकारी दिनुभयो । आगामी दिनमा कोरोनाको महामारीबाट नगरवासीलाई बचाउनका लागि सबै राजनैतिक दलहरुले मिलेर सहयो गर्नुपर्ने राईले बताउनुभयो ।

नगरले आवश्यक ठानेको समयमा नेपाली कांग्रेस जुनसुकै समयमा सहयोगका लागि तयार रहेको कार्यवाहक सभापती थापाले बताउनुभयो । नगरले गरिरहेका राम्रा कामको समर्थन गर्दै गल्तीहरुलाई तत्काल सच्याएर अगाडी बढ्न कांग्रेसको सुझाव रहेको थापाले बताउनुभयो ।

सम्बन्धित खवर

%d bloggers like this: