४ सय २ जनालाई कोभिड १९ - Sainokhabar

४ सय २ जनालाई कोभिड १९

साइनो समाचारदाता

पथरी । नेपालमा ४ सय २ जनालाई कोभिड १९ भएको पुष्टी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजै २७ संक्रमित थपिएको हो । आज थपिएका मध्ये २४ पुरूष र ३ महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना, भक्तपुर र ललितपुरमा १।१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमण ३८ जिल्लामा फैलिएको छ।  संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समूहका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा १ लाख ७ हजार २ सय ५३ जनाको कोभिड १९ को परिक्षण गरेको जनाएको छ । मंगलबारसम्ममा पिसिआरबाट ३२ हजार ६ सय ४ र आरडिटिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण गरेको हो । मन्त्रालयको अनुसार पीसीआर परीक्षण गरिएको मध्ये ३२ हजार २ सय २ जनामा सक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा रहेको, ४ सय ५७ जना आइसोलेसनमा रहेको, ३७ जना निको भएको र २ जनाको मृत्यु भएको उल्लेख छ । विश्वभरमा ४६ लाख २८ हजार ९ सय ३ जनामा संक्रमित देखिएको छ । ३ लाख १२ हजार ९ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: