झलनाथ र भीम रावललाई प्रधानमन्त्रीको जवाफ, एमसीसी जस्केलाबाट होइन, मूल ढोकाबाटै आएको हो - Sainokhabar

झलनाथ र भीम रावललाई प्रधानमन्त्रीको जवाफ, एमसीसी जस्केलाबाट होइन, मूल ढोकाबाटै आएको हो

साइनो समाचारदाता

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य भीम रावलले पार्टीनिर्णय विपरित अमेरिकी सहयोग परियोजना (एमसिसी) अगाडि बढाइएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका थिए ।

आज प्रतिनिधि सभाको बैठकमा पत्रको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी जस्केलाबाट छिराउन खोजेको भन्ने भनाईलाई खण्डन गरेका छन् । उनले जस्केलाबाट नभई मुलढोकाबाटै आएको भन्दै एमसीसीले नबनाए अरुले बनाउने जवाफ दिए । उनले एमसीसी अघिल्लो सरकारले सम्झौता गरेको र अभिछिन्न उत्तराधिकारवाला सरकारले अघिल्लो सरकारको सम्झौता भनेर अलपत्र छोड्न नसक्ने बताए । सम्झौता गर्नेवेलामा राष्टिय हितका सवालमा होसियार हुनुपर्ने प्रधानमन्त्रीको भनाई छ । दलहरुमा भिन्नता हुनसक्ने र छलफल गर्न सकिन्छ भन्दै एमसीसी पास गर्ने कुरा सदनको अधिकार र निर्णयको कुरा भएको प्रधानमन्त्रीको भनाई छ ।

सम्बन्धित खवर

%d bloggers like this: