प्रदेश १ मा संक्रमितको संख्या ४० पुग्यो - Sainokhabar

प्रदेश १ मा संक्रमितको संख्या ४० पुग्यो

साइनो समाचारदाता

विराटनगर । आज प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि छ । यो संगै प्रदेश १ मा कोभिड—१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

प्रदेश १ मा ३ हजार एक सय ६१ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार चार सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । भने प्रदेश १ बाट १७ जना निको भएका छन् ।

 

हेर्नुहोस् कुन जिल्लामा कति संक्रमित ?

 

सम्बन्धित खवर

%d bloggers like this: