घरभाडा मिनाहा गर्दै धनकुटाका घरधनीहरु - Sainokhabar

घरभाडा मिनाहा गर्दै धनकुटाका घरधनीहरु

साइनो समाचारदाता

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले घर भाडा मिनाहा गर्ने अभियान थालेको छ । संघले धनकुटा र हिले बजारका घरधनीहरुले घर भाडा मिनाहा गर्ने अभियानलाई आज पनि जारी राखेका छन ।

लक डाउनको कारण व्यापार, व्यावसाय बन्द भई दिन प्रतिदिन उद्योगी, व्यापारी र व्यवसायीहरु संंकटमा पर्दै गएकाले धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा अभियान अन्तर्गत आज पनि धनकुटा र हिलेका एक दर्जन भन्दा वढी घर धनीहरुले घर भाडा मिनाहा गरेका छन् । धनकुटा उद्योग बाणिज्य संघको आह्वान तथा अनुरोधमा धनकुटा नगरपालिका वडा नं ५ तल्लो कोप्चेको घरमा संचालित टिप टप खाजा घरका साथै त्यही घरकको पछाडी पटीको घरको समेत त्यहा वस्ने सम्पूर्णलाई एक महिनाको भाडा घर धनी त्रिभुवन श्रेष्ठले मिनाहा गरिएको व्यवसायी राजेश श्रेष्ठले वताए । धनकुटा नगरिपालिका वडा १ हिले बजारका धन वहादुर मोक्तान(डि.बि मोक्तान), कौशिला बमजन, विष्णु मोक्तान, बिना देवी घिसिङ, बम बहादुर योञ्जन, जमुना घिसिङ योजञ्जन, शुभ चन्द्र मोक्तान, दुर्गादेवी घिसिङ लगायत १७ जना घर धनीहरु ले लक डाउन अवधिभरको भाडा मिनाहा गरिदिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जनाए । जिल्लाका अन्य बजार क्षेत्रका घर धनीहरुलाई लक डाउन अवधिभरको घर भाडा छुट गरि दिई संकटमा सहयोग गर्न अपिल गरिएको छ । धनकुटा नगरपालिकाको धनकुटा बसर्पाकमा रहेको व्यापारिक भवनहरुका भाडाहरु र धनकुटा अस्पतालको व्यापारिक भवनहरुमा रहेको पसलहरुको समेत घर भाडा छुट गरीदिन हुन धनकुटा नगरपालिका र धनकुटा अस्पतालाई विकास समितिलाई संघले अनुरोध गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: