धनकुटा जिल्ला अस्पतालकी एक नर्ससहित तीन जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २ सय ९५ पुग्यो - Sainokhabar

धनकुटा जिल्ला अस्पतालकी एक नर्ससहित तीन जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २ सय ९५ पुग्यो

साइनो समाचारदाता

धरान । धनकुटा जिल्ला अस्पतालकी एक नर्ससहित तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा तीनजनामा कोरोना भाइरसको पुष्टि भएको छ ।

विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीया महिला र धनकुटाकी ३४ बर्षीया महिलामा कोरोना भाइरसको पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा.समिरकुमार अधिकारीले जनाए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ।

मन्त्रालयको अनुसार नेपालमा हालसम्ममा २८ हजार १ सय ६० जनाको पीसीआर परीक्षण गरिएको मध्ये २७ सय ९२ संक्रमित भएको पुष्टि भएको हो भने पीसीआर परीक्षण मध्ये २७ हजार ८ सय ६८ जना सक्रमण देखिएन । आज ११ जना नयाँ संक्रमित थपिएको छ । आरडीटीबाट ६७ हजार ७ सय ६९ जनाको परीक्षण गरिएको छ । आजसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेको, ३ सय ४६ जना आइसोलेसन रहेको र ३६ जना निको भएको उल्लेख छ । विश्वभरमा ४४ लाख ९४ हजार ८ सय ७३ जनामा संक्रमित देखिएको छ । ३ लाख ५ हजार ९ सय ७६ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: