शिक्षकवाट वालिका याैन शाेषण हुने गरेकाे रहस्य खुल्याे - Sainokhabar

शिक्षकवाट वालिका याैन शाेषण हुने गरेकाे रहस्य खुल्याे

धनकुटा

एक बालिकालाई ४ जनाले लामो समय देखि यौन शोषण गरिरहेको रहस्य खुलेको छ । धनकुटा नगरपालिका वडा नं. ६ आत्मारा बस्ने १३ वर्षीय दलित बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमाका शिक्षक मदन अधिकारी, धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरले ललाईफकाई तथा धाक धम्की दिदै बिगत लामो समय देखि यौन शोषण गर्दै आएको खुलेको छ।

अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । श्रेष्ठले सिरानबजारमा खाजा पसल सञ्चालन गर्दै आएका छन् । अत्री स्थानीय व्यवसायी हुन् । अहिले बालिका गर्भवती भएपछि मात्रै चार जनाले बालिकालाई यौन शोषण गर्ने गरेको रहस्य खुलेको हो । पीडित परिवारले ईलाका प्रहरी कार्यालय धनकुटामा हिजो उजुरी दिएका थिए । अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत धनकुटामा मुद्दा चलाईने इलाका प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव कुमार श्रेष्ठले जानकारी दिनुभयो साथै तीन जनालाई पक्राउ गरिसकेको र एकजना फरार रहेकोले खोजी कार्य जारी रहेको पनि डिएसपी श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खवर

%d bloggers like this: