दक्षिण कोरियामा मृत्यु भएका नेपालीको छानविन हुने - Sainokhabar

दक्षिण कोरियामा मृत्यु भएका नेपालीको छानविन हुने

साइनो समाचारदाता

दक्षिण कोरिया । ईपीयस प्रणालीमार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै मृत्यु भएका ३३ वर्षीय खड्का बहादुर थापाको छानविन हुने भएको छ ।

स्याङ्जा जिल्लाको किचनास माथिल्लो चेप्टे घर भई विगत ७ वर्षदेखि एक कम्पनीमा कार्यरत थापाको दक्षिण कोरियाका लागि नेपाली राजदुतावास सियोलका कार्यवाहक राजदूत रामसिं थापाले घट्नाको छानविन हुने जानकारी गराएका छन् । सुतेकै अवस्थामा मृत फेला परेका खड्ग बहादुर कोठामा एक्लै सुत्थे । कंम्पनीको नाईट ड्यूटी सकेर कोठामा सुतेका खड्ग बहादुर भोलिपल्ट साँझको ६ बजेसम्म पनि नउठेपछि सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक खड्ग बहादुरको शवलाई हाल ख्यङ्जु नजिकै शवगृहमा राखिएको छ ।

वैधानिक रुपमा कोरियाको आएका खड्ग बहादुरको परिवारमा आमा, दुई  दाजुहरु छन् । परिवारका कान्छा सदस्य रहेका खड्ग बहादुर अविवाहित हुन् । कम्पनीमा उनीसहित ५ नेपाली र ३ चिनियाँ विदेशी कामदारहरु रहेको रुपेश पुडासैनीले जानकारी गराएका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: