कविताः म पर्यावरण बोल्छु अब - Sainokhabar

कविताः म पर्यावरण बोल्छु अब

√वालचन्द्र सुब्बा
तिमी सांच्चै बाजे हाै?
म हरेक बाजेहरुलाई साेध्न चाहन्छु ,
नातिनातिनाहरुकाे कति माया लाग्छ?
उनीहरुको जन्म दिनमा,
मैनवत्ति निभाएर
केक नकाट्नु भन्दिन,
यति भन्छु ,
उसलाई सांचै माया गर्छाै भने,
उसको हरेक जन्म दिनले
विरान पस्दै गरेकाे उसको आगमनमा
दुईवाेट बिरुवा लहलह
हरियाे झांगिन पाउनुपर्छ ।
सेलाेक!सेलाेक!
न्याउली चरीले फेरि गाउन पाउनुपर्छ।।
उसको जीवन बिमाकाे प्रिमियर
याे भन्दा ठूलो अरु हुन सक्दैन ,
हजुरकाे प्याराे नातिकाे,
जन्म दिनको सुन्दर उपहार ,
उसको प्यारो नाममा
हरेक बर्ष
वृक्षराेपन बाहेक अर्को हुन सक्दैन ।
ए प्याराे हजुर बा,
याे भन्दा गम्भीर आशिष
हजुरकाे,
नातिनीलाई अर्को हुन सक्दैन ।।
२२ मार्च २०२० नयाँदिल्ली, भारत

सम्बन्धित खवर

%d bloggers like this: