गजल - Sainokhabar

गजल

√राजेन्द्र विवश
भान्छे भएर आँफैले मनोमानी खाएपछी
अरु भोको देखिदैनन् आँफू अघाएपछी ।।
हजुर जस्तो छिमेकी कहाँ पाइन्छ र ? खोजुँ
दमकल बोलाईदिनु भएछ आगो निभाएपछी ।।
बिकृती विरुद्धको अभियन्ता बन्नु भएछ उहाँ
भाग्नु भाथ्यो आमालाई बोक्सी लगाएपछी ।।
तपाइँ बन्दुक बोक्नुस् अनि म फूल बोकौँला
कसले जित्छ थाहा हुन्छ युद्ध लडाएपछी ।।
रित्तो थियो घर यो त्यसपछी भरिएर आयो
भित्ताभरी आमाको तस्बिर सजाएपछि ।।
पथरीशनिश्चरे -१, मोरङ

सम्बन्धित खवर

%d bloggers like this: