किसानलाई मल नपाएकै चिन्ता - Sainokhabar

किसानलाई मल नपाएकै चिन्ता

पथरी
पुर्वी मोरङ्गका किसानलाई लकडाउन भन्दा वडि राशायनीक मलको अभावले समस्यामा पारेको छ । फसल उत्पादन हुने वेलामा समेत राशयनीक मल अभाव भएपछि यहाँका किसानलाई अवको उत्पादनमा ह्रास आउने चिन्ता थपिएको हो ।


अघिल्ला वर्ष राशायनीक मल वितरण गर्दै आएका कृषि सहकारी र एग्रीकोहरुले यस वर्ष लकडाउनको कारण देखाउदै प्रयाप्त राशायनीक मल आपुर्ती गर्न नसक्दा किसान चिन्तीत वनेका हुन् ।
कृषी सामाग्री संस्थान र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले कृषी सहकारी मार्फत किसानलाई युरीया,डिएपी,पोटास लगायतका राशायनीक मल वितरण गर्दै आएका छन् । मकै र धानको समयमा किसानले युरीया मल लगाउनु पर्नेमा युरीकोको अभाव भएपछि किसानमा चिन्ँता थपिएको हो ।


कृषि सहकारीहरुलाई ‘स्टक’अभाव भएको भन्दै कृषि सामाग्री संस्थानले युरीया वितरण गरेको छैन् । साल्ट ट्रेडिङ्गले भने प्रति सहकारीलाई १सय वोरा युरीया वितरण गरेपनि सो अपुग भएको हो । अन्य समय ३सय देखी ५ सय वोरा युरीया खपत हुने भएपनि लकडाउनका कारण साल्ट्र टेडिङ्गले १सय देखी १सय ५० वोरा युरीया मात्र वितरण गर्दै आएको छ । युरीयाको मग वडेका कारण कसरी वितरण गर्ने भन्ने समस्या रहेको राशायनीक मल वितरण गर्दै आएको पथरीशनिश्चरे ६ को रामजानकी कृषी सहकारी संस्थाले जनाएको छ ।

लकडाउनका कारण शहरी क्षेत्रका वासिन्दा खाद्यान्न समस्या भोग्ने चिन्ता लिइरहदा ग्रामीण भेगका किसानलाई भने फसल कसरी उत्पादन गर्ने चिन्ता थपिएको पथरीशनिश्चरेका किसान पुष्पराज दाहाल वताउछन् ‘मकै र धानमा युरीया लगाउनु पर्ने वजारमा युरीया पाएको छैन् फसल कस्तो हुन्छ त्यही चिन्ता छ’।


यहाँका किसानले मकै र वर्खाे धान लगाएका छन् । धान पोटाउनु अघि नै युरीया लगाउनु पर्ने भए पनि युरीया अभाव ले थप चिन्ता थपिएको किसानहरु वताउछन् । सहज साथ युरीयाको प्रवन्ध गरिदिन यहाँका किसानको माग रहेको छ ।

बी रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले नेपाल लागएतको अरु देशमा पनि लकडाउन भै हेको छ। लकडाउन भएसगै यति बेला गाउँका किसान युरिया मल नपाएर मर्कामा परेका छन
आर्गेनिक खेती गर्न किसानलाई समस्या नभएपनि राशायनिक मलकै भरमा कृषी उत्पादन गर्दै आएका किसानलाई मल अभावले समस्या थपिएको पथरीशनिश्चरेका किसान भोला खरेल वताउछन् । मल अभाव हुदा पहिला देखी राशायनिक मलकै भरमा फसल उत्पादन गर्ने किसान समस्यामा परेका हुन खरेलले भने ‘अव आर्गेनिक खेती प्रणाली तर्फ किसालाई अभिप्रेरित गर्नु पर्दछ’ । राशयनिक मलको अभाव झेल्दै आएका यहाँका किसानलाई आग्रेनिक खेती प्रणाली तर्फ अभिप्रेरीत गर्न सके वर्षेनी मलको अभाव वारे गुनासो नहुने खरेल वताउछन् ।

मलकै अभावमा धान र मकै लगाउदा गरेको लगानी समेत नउठने चिन्ता किसानमा रहेको छ । गत वर्ष भन्दा यस वर्ष लकडाउनकै कारण पनि राशायनीक मलको अभाव भएको किसानहरु वताउछन् ।

सम्बन्धित खवर

%d bloggers like this: