मेडिकलले बुझायो ६१ हजार - Sainokhabar

मेडिकलले बुझायो ६१ हजार

साइनो समाचारदाता

पथरी । पथरी शनिश्चरे मेडिकल एशोशियसन्ले नगरको कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोषमा ६१ हजार रुपैयाँ राहत हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष महेन्द्र दुलाल सहितका पदाधिकारीहरुले नगरपालिकामा पुगेर नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक दिलीपकुमार राईलाई नगद ६१ हजार रकमको चेक हस्तान्तरण गरेका छन् । नगदसँगै ८ सय थान मास्क पनि हस्तान्तरण गरिएको संघका सचिव इश्वरी सापकोटाले बताए । उता, प्रभु बैंकले यस अघि २५ केजीका १६ बोरा गरी ४ सय केजी चामल राहत स्वरुप नगरमा हस्तान्तरण गरेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: