कोरोना अपडेटः संक्रमितको १ सय २ पुग्यो, ३० जना निको(भिडियोसहित) - Sainokhabar

कोरोना अपडेटः संक्रमितको १ सय २ पुग्यो, ३० जना निको(भिडियोसहित)

साइनो समाचारदाता

काठमाडौ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको नमुना परीक्षणमा थप १ जनामा कोरोना (कोभिड १९) संक्रमित भएको पुष्टि भएको छ ।

नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्ममा पीसीआरबाट १५ हजार ४ सय ९२ जनाको परीक्षण गरिएको मध्ये १५ हजार ३ सय ९० जनामा संक्रमण नदेखिएको मन्त्रालयको वेवसाइटमा उल्लेख छ । आरडीटीबाट ५४ हजार ५सय ३१ जनाको परीक्षण गरिएको, १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेको, १ सय ३५ जना आइसोलेसनमा रहेको र ३० जना निको भएका छन् । विश्वभरीमा ३७ लाख २६ हजार २ सय ९२ जनामा संक्रमित देखिएको र २ लाख ५७ हजार ४ सय ५ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: