म भोलि मर्दैछुू - Sainokhabar

म भोलि मर्दैछुू

 

√संगम सुहाङ

आज सम्म पनि –
स्नेहील ती स्पर्शहरुमा चोबिएर
एउटा सपना जस्तो जिन्दगी बाँच्दैछु।
बाँच्नुको सवालमा त बाँचेकै छु
रेटेर मुटु सम्झनाको हत्केलामा माथि, तर
ज-जस्ले मलाई भूलेर वहाँ सम्म गयौ
र,
ज( जस्लाई मैले भूलेर यहाँ सम्म आएँ
आँखाको डिलमा राखेर
ती यादगार बिम्बहरुलाई
ढल्पलाई रहेको छु( समयले फ्याकी दिएको यो घडी सम्म पनि ।।।।

जसरी तमोर सुसाउछ शून्यताको क्षितिज उधार्दै
बहेर बतासको काचो छाती माथि
तेसरी नै सुस्केरा छाडेर ती यादहरुलाई
यी चिसो मुटु माथि राखेर
हो –
सँगै म पौडिरहेछु,
डुबिरहेछु,
ती यादका तमोरमा,
डुब्दै, उत्रिदै र बग्दै,
त्यही संझनाका तरेलीहरुमा,
र सङ् सङ्गै
हालिरहेछु रीट निवेदन जिन्दगीको
प्रतिवाद गर्दै ती यादहरुलाई विपक्षी बनाएर
तर समयको अदालतले अझै पनि फैसला गर्न सकेको छैन,
ठेलीका ठेली पेशी चढाउदै छु-बाँच्नुको यथार्थतासँग,
तर म भोलि मर्दैछु
त्यो भोलि आज भएर पनि आउन सक्छ।

मेरा प्रेमील स्पर्शहरू,
मेरा अगाध र स्नेलु मायाका डोबहरु
एक मुठ्ठी हावाको झोक्काले ल्याउनेछन् बोकेर सुस्तरी-सुस्तरी
र त्यही चुम्मेछन् धीतमरुन्जेलसम्म,
त्यो बिर्सिएको एउटा अनुहार आउनेछ हृदयको पीँध हल्लाउदै।।।।।।।

ए, मेरा प्रेयसीहरू
अहिल्यै आओ अँगालो-अँगालोमा,
जिन्दगीको मज्जा जीउनुमा छ
आओ छाती फूकाएर धेरै-धेरै मज्जा बाडौँ
जीउनुको रसस्वादन गरौँ
रूनु परे सङ् सँगै रोउला
हाँस्नु परे सङ् सँगै हाँसौला
अविदित जिन्दगीको यो अनन्त र अविछिन्न यात्रामा,
जीवनको भोग गरौँ मज्जाले
किन कि म भोलि मर्दैछु
तर त्यो भोलि आज भएर पनि आउन सक्छ।

म कुनै दूर क्षितिजमा,
एक्लो यात्री हुनेछु-खेल्दै वयली वताससँग
म कुनै महाशून्यतामा,
चीसा पाइला डुलाउदै हुनेछु-अचिनारु दुनियाँमा
तर मेरा पदचिन्हहरू
मेरा आवाजहरू
र समग्र मेरा क्रियाकलापहरू
ती मुटुका टाउकाहरूमा

एउटा मीठो भूल बनेर नआउन सक्छ
मैले पोष्ट गरेका बेलगामी र बिच्छेदित ‘विगतका’ ……..

सम्बन्धित खवर

%d bloggers like this: