मार्क्सकाे जन्मदिनमा - Sainokhabar

मार्क्सकाे जन्मदिनमा

 

√टङ्क सेलिङ

कमरेड ! अब

– जलाई देऊ

यी

मार्क्स, लेलिन र माअाेका तस्बिरहरू…..

जो तिम्रा आदर्शका पुन्ज हुन्।

 

र त्यहाँ

– झुण्डाई देऊ

कृष्ण, कंश र पवनपुत्र हनुमानकाे फाेटाेहरु….

 

आज

– मार्क्सकाे जन्मदिन

बरु,

सिक- शकुनीकाे झेल

लगाऊ- हनुमान चालिसाकाे पाठ।

 

चाहिन्दैन हामीलाई

– मार्क्सकाे पूँजी।

चाहिन्दैन हामीलाई- ऐतिहासिक द्वन्द्ववाद ।

हामीले त नारा लगाउन थाली सक्यौ-

 

– जनताको जनैवाद- जिन्दावाद !

– नेपाली वर्णवाद- जिन्दावाद !

नोगेन।

– सेलिङ कुकुर कविता आन्दोलनसँग सम्बद्ध कवि तथा याक्थुङ लेखक संघका केन्द्रीय महासचिव हुन्।

सम्बन्धित खवर

%d bloggers like this: