जुनियर अनलाइन डान्स प्रतियोगिता हुने - Sainokhabar

जुनियर अनलाइन डान्स प्रतियोगिता हुने

 

साइनो समाचारदाता

अमेरिका । नक्षत्र फाउण्डेसनको आयोजनामा संयुक्त राज्य अमेरिकामा जुनियर अनलाइन डान्स प्रतियोगिता हुने भएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि लकडाउन जारी भएको बखत फाउण्डेसनले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता ५ देखि १६ वर्ष उमेर समूहका अमेरिकाका विद्यार्थीहरूले भाग दिन पाउनेछन् । सहभागीले एक नृत्य प्रस्तुत गर्नुपर्ने आयोजक नक्षेत्र फाउण्डेसनले जनाएको छ । विजेताले १५ सय डलर, दोस्रोले एक हजार र तेस्रोले ७ सय डलर पाउनेछन । नाम दर्ता मिति आगमी ९ मेसम्म रहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: