एग्रोभेट पसलहरुलाई बैधानिक र व्यवस्थित गर्न अनुरोध - Sainokhabar

एग्रोभेट पसलहरुलाई बैधानिक र व्यवस्थित गर्न अनुरोध

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा सञ्चालित पशुपंक्षी र कृषिजन्य सामग्री विक्री गर्ने ‘एग्रोभेट’ पसलहरुलाई वैधानिक र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अनुरोध गरिएको छ ।

नगरको पशुपंक्षी शाखामार्फत वडा नम्वर १ को पथरी बजारमा एग्रोभेट पसलहरुको अनुगमनका क्रममा त्यस्तो अनुरोध गरिएको हो । कोरोना भाइरसको संक्रमणको समयमा भौतिक दूरी कायम गरी आवश्यक स्वास्थ्य सजकता अपनाएर मात्र विक्री वितरण गर्न पनि सचेत गराइएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए ।नगर उपप्रमुख एवमन् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि समेतको सहभागितामा पथरीका ५ वटा पसल अनुगमन् गर्दै टोलीले विषादि र खाद्य वस्तु अलग अलग राखेर विक्री वितरण गर्न सुझाव दिइएको छ । कुनै सामग्री प्याकेट बाहेक खुला नबेच्न समेत सचेत गराइएको छ ।

 

 

सम्बन्धित खवर

%d bloggers like this: