विचल्लीमा परेका नगरवासीलाई न नगरले हेर्यो न मन्त्रि ढकालले हेरे - Sainokhabar

विचल्लीमा परेका नगरवासीलाई न नगरले हेर्यो न मन्त्रि ढकालले हेरे

साईनो समचारदाता
पथरी । चुनावमा भोटका लागि घर घरमा गएर मुसुक्क हाँस्दै नमस्कार गरि टोपलेका जनप्रतिनिधी लकडाउनको बेला जनताको समस्याबाट पन्छिने गरेको देखिन्छ । जनताको घरघरमा गएर सुख र दुखमा साथ दिन्छु भनेका जनप्रतिनिधिहरु काठमाडौमा फसेका नगरबासी ल्याउन अर्काको बाटो कुरीरहेका छन ।

लकडाउनले ब्यापार ब्यावसाय, रोजगारी, पढाई लगायत सम्पुर्ण बन्द छ । घरबाहिर रहेका मानिस संग रहेको सबै सकिदै गएको छ । काठमाडौ उपत्याकाबाट पैदैल घर फर्किनेको लर्को उतिकै छ । देशका विभिन्न ठाउबाट उपत्याकामा गएर बस्न गएका मानिसको संख्या ठुलो छ ।चुनावमा आचार सहिता मिच्दै काठमाडौबाट भोटका लागि घर ल्याउने जनप्रतिनिधीहरु यो बेला समस्या हुन्छ ल्याउन सकिदैन भन्दै पन्छिने गरेका छन ।

पथरीशनिश्चरे नगरपालिकाका नगरबासीहरु काठमाडौमा अलपत्र परेको गुनासो आए पछि १० नम्वरका वडाध्यक्ष सागर राईले वडाबासीलाई ल्याए । वडाबासी संगै आएका नगरबासीको भाडा तिर्ने विषयमा नगर पन्छिन खोजे जस्तो गरेको छ । एउटा बसमा वडाका ४९ जना लिन गएका वडाध्यक्ष राईले नगर भरिका १७१ जना लिएर आएका थिए । ५ वटा बसमा आएका ब्याक्तीबाट स्वइच्छाले उठेका ६२ हजारले उठाएर दिएका थिए । जम्मा २ लाख ५० हजार गाडि भाडा अरु भाडा कसरी तिर्ने भन्ने वडाध्यक्ष राईलाई चिन्ता छ । त्यस्तै पथरी काठमाडौ मैत्रि समाजले नगर संग समन्वय गरि काठमाडौमा अलपत्र भएका १६६ जना नगरबासीलाई घर सम्म ल्याएको छ । पथरी काठमाडौ मैत्रि समाजले १३ र १५ गते २/२ ओटा बसमा १६६ नगरबासीलाई ल्याएको थियो । मैत्रि समाजले घर फर्कन ईच्छा भएका नगरबासीका लागि बस र पासको ब्यावस्थापन गरेको थियो भने आउनेले आफै भाडा तिरेर आएका थिए ।

स्वास्थ मन्त्रि भानुभक्त ढकालको क्षेत्रका जनता न काठमाडौमा सहज तरिकाले बस्न पाएका छन न नगरले घर ल्याउने बन्दोबस्त गरेको छ । चुनावको बेला बस रिजर्व गर्दै घर ल्याउने नेता मन्त्रि यतिबेला कानमा तेल हालेर बसेका छन । यता अरुले ब्यवस्थापन गरेर ल्याएका नगरबासीका अगाडी भने अग्रपङतिमा तिनै नेता र जनप्रतिनिधीहरु पानी र बिस्कुट लिएर भोट जोगाउदै गरेको देखिन्छ ।  सधै भोटका लागि प्रयोग हुदै आएका नगरवासीहरुलाई संकटको समयमा नगरको हितका लागि घर सम्म त्याउने राई प्रति नगरले सम्मान गर्नु पर्ने तर भाडा बापतको पैसा तिर्न पनि नगर पन्छीन खोजेको छ ।

नगरका जनतालाई करको दायरामा ल्याउने नगरले त नगरवासीको चिन्ता गरेन सोहि क्षेत्रबाट निर्वा्चित तेह्रथुमेली मन्त्रि भानुभक्त ढकालले पनि जनताको चासो लिएको देखिदैन ।  विपतको समयमा उपत्याकाबाट सबै नगरले सरकार संग समन्वय गरेर आफ्ना नागरीकलाई घर ल्याइरहेको समयमा वडाध्यक्ष राईले गरेको कार्यमा सहयोग गर्नुको सट्टा नगरबासी आएको गाडिको भाडा तिर्न समेत आनाकानी भएको छ ।

पैसा तिर्न सक्ने नगरवासीले पैसा तिर्दै वडाध्यक्ष राई, नगर र विभिन्न संघ सस्थाले ब्यावस्थापन गरेको गाडिमा चडेर आए । पैसा तिर्न नसक्ने नगरबासीको पिडा देखेर वडाध्यक्ष राईको टिमले नगरले खर्च गर्ला भनेर घर सम्म ल्यायो तर अहिले भाडा कस्ले तिर्ला भन्ने चिन्ता छ ।

सम्बन्धित खवर

%d bloggers like this: