कोरोना राहत कोषमा गायक आषिस सचिनको ५१ हजार रुपैयाँ सहयोग - Sainokhabar

कोरोना राहत कोषमा गायक आषिस सचिनको ५१ हजार रुपैयाँ सहयोग

पथरी । गायक तथा मोडल आशिस सचिनले कोरोना भाइरसका कारण जारी लकडाउनका कारण समस्यामा परेका नागरिकका लागि सरकारले स्थापना गरेको राहत कोषमा ५१ हजार सहयोग रकम जम्मा गरेका छन् ।

पिरिम नलाउने’, ‘एकान दुइकान मैदान भैदियो’ जस्ता दर्जनौ हिट गीत दर्शक श्रोतामाझ पस्किएका गायक सचिनले सानिमा बैँकमा आज जम्मा गरेका हुन् । आफ्नो सानो सहयोगले मात्र केही नहुने भन्दै गायक सचिनले सबैले सकेको सहयोग गर्नसके पक्कै पनि ठुलो योगदान हुने बताएका छन् ।

‘केही दिन अगाडि मैले एउटा कलाकार तथा एउटा जिम्मेवार नागरिकको हैसियतले हाम्रो लागि आफ्नो जीवन दाउमा राखेर आफ्नो कर्तव्य निर्वाह गरिरहनुभएका सुरक्षाकर्मीहरूलाई सानै भए पनि सहयोग गरी उहाँहरूको मनोबल थोरै भए पनि बढाउन मौका पाएको थिए। सोही बखत आफूबाट केही धेर थोर जति सक्छु सानो सहयोग स्वरुप रु ५१ हजार नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेको छु’, उनले लेखेका छन्।

-क्रेजी साप्ताहिक

सम्बन्धित खवर

%d bloggers like this: