तेस्रो मुलुकमा रहेका नेपाली भाषी भूटानीद्धारा राहत सहयोग (भिडियो सहित) - Sainokhabar

तेस्रो मुलुकमा रहेका नेपाली भाषी भूटानीद्धारा राहत सहयोग (भिडियो सहित)

साइनो समचारदाता पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालीका १० मा रहेको भूटानी शरणार्थी सिविरमाका १ सय २० परिवारलाई तेश्रो मुलुकमा रहेका शरणार्थी समुदायको सहयोगमा राहत वितरण गरेको छ ।
लकडाउनले जनजिवन कष्टकर बनिरहेको अवस्थामा दैनिक रोजगारी गर्दै आएका भूटानी शरणार्थीहरुलाई आपधारा निर्माण समूहको सहयोगमा राहत वितरणको भइरहेको हो ।
कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागी विगत १ महिना देखी लक डाउन भएकाले तेश्रो मुलुकमा रहेका शरणार्थीहरुको आर्थिक सहयोगमा १ सय २० परीवारलाई राहत वितरण भएको छ ।
५ सय १२ घरपरीवार रहेको सिविरका १ सय २० अतिविपन्न परिवारलाई ३० केजी चामल, १ लिटर तेल, नुन र सोयाविन वितरण गरिएको हो ।


विभिन्न संघ सस्थाले गरेको सहयोगले शिविर भित्र बसोबास गर्ने विपन्न परिवारलाई राहत वितरण गर्दै आएको क्याम्प सचिव चम्पा सिंह राईले जानकारी दिनुभयो ।
विगतका समयमा विभिन्न दातृ संस्थाहरुले रासन वितरण गर्दै आए पनि गत वर्षबाट सम्पूर्ण सहयोग स्थगीत भएका छ । जस्का कारण तेस्रो मुलुकमा गएका आफ्न्तको साहारा र दैनिक मजदुरी नगरी जिवन धान्न कठिन बन्दै गएको छ ।
सन् १९९० पछि नेपालमा रहेका नेपाली भाषी भूटानीहरुलाई नेपाल सरकारले झापा र मोरङमा विभिन्न शिविरहरूमा राख्यो । त्यो बेला झन्डै एक लाखको सङ्ख्यामा भुटानीलाई नेपालले शरण दिएको थियो । पछि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय यू एन एच सी आरले उनीहरूको व्यवस्थापनको जिम्मा लिएको थियो ।
अन्य विभिन्न दातृनिकायले उनीहरूको शिक्षा तथा स्वास्थ्यका लागि सघाए पनि हाल यी सवै सहयोग बन्द भएका छन् । पथरी शनिश्चरेको सिविरमा मात्र २४ हजार वढिको बसोबास रहेकोमा तेश्रो मुलुक पुर्नस्थापना पछि हाल यस क्षेत्रमा १६ सयको हाराहारी नेपाली भाषी भूटानीहरु वसोवास रहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: