न्यूयोर्कमा छायांकन गरिएको आउ माया...सार्वजनिक - Sainokhabar

न्यूयोर्कमा छायांकन गरिएको आउ माया…सार्वजनिक

साइनो समाचारदाता

पथरी । गायक मविन्द्र राई र गायिका पुष्पा लिम्बूको स्वरमा रहेको ‘आउ माया…’ बोलको गीत सार्वजनिक गरिएको छ ।

अमेरिकाको न्यूयोर्कमा छायांकन गरिएको, किशोर सुब्बाद्धारा निर्देशित म्युजिक भिडियो न्यूयोर्कबाट सार्वजनिक गरेका हुन् । गीतको रचना र संगीत गायक मविन्द्र राईले नै गरेका हुन् । पुष्पा लिम्बू खासमा नायिका हुन् । उनको खुर्पा, साम, हेल्लुक्वा, रेसलगायत धेरै चलचित्रमा अभिनय गरेकी पुष्पाले गाउन पनि शुरु गरेकी हुन् । गीतमा अमेरिकामै रहेका सुमन लिम्बू र सम्झना लावुङले अभिनय गरेका छन् । जसलाई सम्भू मोक्तानको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन, विनय कंशाकारको कलर र माता पाथीभरा फिल्म्स्ले निर्माण गरेको हो । भिडियो जेपीजे इन्टरटेन्मेन्टको च्यानलमार्फत सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर

%d bloggers like this: