ब्याडमिन्टन र स्वास्थ्य(भिडियोसहित) - Sainokhabar

ब्याडमिन्टन र स्वास्थ्य(भिडियोसहित)

‘ज्ञान-यात्रा (Gyaan-Yaatraa)’ – ४१
—————–
लक डाउन अवधि शारीरिक तन्दुरुस्ती कायम गर्न चाहनेहरूका लागि चुनाैती बन्न सक्छ । यद्यपि, जहाँ इच्छा त्यहाँ उपाय भनेझैं घरकाे चाैकठ नकाटी पनि शारीरिक स्फूर्तिका लागि केही गर्न सकिने खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूकाे कथन छ ।
ब्याडमिन्टनमा नेपालको राष्ट्रिय खेलाडी रहिसकेकी सकुन नेम्वाङजीले घरमै बसेर फिटनेसका लागि केही सुझावहरू दिएकी छिन् । २०५८ देखि ब्याडमिन्टन खेल्न सुरु गरेकी पान्थर फेदेन हुँदै धरान र हाल यूकेकाे आसफाेर्डमा बसाेबास गरिरहेकी नेम्वाङले जिल्ला, क्षेत्रीय र राष्ट्रिय स्तरका अनगिन्ती स्पर्धामा सहभागी भएर सफलता हात पारिसकेकी छिन् । ०६५/६६ मा उनकी युगल जाेडी रहेकी नङ्खशल देवी तामाङ नेपालकी नम्बर एक खेलाडी छिन् ।
ब्याडमिन्टन क्वीन भनेर नेपाल, सिक्किम र यूकेसम्म चर्चा पाएकी √सकुन लिम्बु नेम्बाङ जीले लक डाउन अवधिमा उपयोगी हुने गरी लिखित र भिडियो पाेस्टमार्फत् आफ्नो अनुभव सेयर गरेकी छिन् –
√सकुन लिम्बु नेम्बाङ
ब्याडमिन्टन र स्वास्थ्य :
जुनसुकै परिस्थितिमा भएपनि शरीर स्वस्थ राख्नु हरेक व्यक्तिको जिम्मेवारी हाे । त्यसैले भनिन्छ – “खेल प्राकृतिक औसधि हाे ।” स्वास्थ्यसँग सम्बन्धित धेरै खेलहरूमध्ये ब्याडमिन्टन पनि एक हाे । यसमा दुईदेखि चार खेलाडी सामेल हुन सक्छन् । खेलका लागि २० × ४४ फिटको क्षेत्रफल भए पुग्छ । त्यसैले तराईको मैदानदेखि पहाडी भेगसम्म जुनसुकै उमेर समूहले खेल्न सक्ने खेल हाे ।
अहिले नेपालमा पछिल्लो समय ब्याडमिन्टन लाेकप्रिय खेल भएको छ । विशेषत: फिट एवम् स्वस्थ रहन याे खेल खेलिन्छ । बढ्दाे उमेरसँगै हृदयाघात, मधुमेह(सुगर), उच्च रक्तचापकाे जाेखिम उच्च रूपमा रहन्छ । स्वस्थ जीवनशैली अपनाउन सके तन्दुरुस्त रहन सकिन्छ । अहिलेकाे यस लक डाउन समय अवधिमा पनि हामी घरमै बसेर कम्पाउण्डभित्रकाे सानाे खाली भागमा dry practice (badminton footwork) गर्न सक्छौं ।
मेरो याे समयको नियमित व्यायाम :
मेरो श्रीमान् र दुई छाेराहरू छन् । घरको कामले व्यस्त हुन्छु । तर, बिहानकाे समय एक घण्टा व्यायामकाे समय छुट्याएको छु । प्रत्येक दिन पसिना अाउने गरी व्यायाम गर्छु । यसका लागि स्ट्रेचिङ, वमअर्प, स्किपिङ, स्कवाट थ्रस्ट फुटवर्क अादि छन् । अरू समयमा दिनभरि काम गरे पनि थाेरै समय व्यायाम गर्ने हाे भने फिट रहन सकिन्छ ।
थप जान्न भिडियो हेर्नुहाेला ।
धन्यवाद ।

(नेम्बाङले आत्मपरक निबन्धनात्मक शैलीमा लेखेका लेख, ज्ञान यात्राको अभियानमा लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

https://www.facebook.com/amit.yakthumba/videos/3136207093097562

सम्बन्धित खवर

%d bloggers like this: