पथरीमा कोरोना परीक्षण सुरु, हाल सम्मको नतिजा नेगेटिभ, यसरी हुदैछ टेष्ट (भिडियो सहित) - Sainokhabar

पथरीमा कोरोना परीक्षण सुरु, हाल सम्मको नतिजा नेगेटिभ, यसरी हुदैछ टेष्ट (भिडियो सहित)

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । बुधबारबाट सुरु भएको पहिलो चरणको परीक्षणमा हाल सम्मको नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।

नगरमा होम क्वारेन्टाइनमा रहेका २३ जनाको परीक्षण नगर अस्पतालमा भइरहेको छ । आजै सम्म सबैको टेस्ट गर्ने तयारी अस्पतालको रहेको छ । नगरको निगरानीमा रहेका उनीहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण भइरहेको आचार्यले जानकारी दिए । परीक्षणमा आएका मध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु मध्ये १ जना महिलाको अझै थप परीक्षणका लागि थ्रोट स्वाब पनि संकलन गरिएको छ ।

नगरबाट १० जनालाई प्रदेशस्तरीय टाँडीमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेनटाइन अवधिभर राखेर परीक्षण गर्दा ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किसकेका छन् । बाँकी १ जनाको पनि आज परीक्षण पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या शंकास्पद भएमा थप आइसोलेशन वा क्वारेनटाइन कहाँ राख्ने भन्ने निर्णय हुने आचार्यले बताए ।

सम्बन्धित खवर

%d bloggers like this: