सरकारी निर्णयको धज्जी उडाउँदै युवा संघ - Sainokhabar

सरकारी निर्णयको धज्जी उडाउँदै युवा संघ

साइनो समाचारदाता

पथरी । सरकारले कोरना भाइरसको त्रास बढिरहेका वेला आफुखुसी राहत वाढ्न प्रतिबन्ध लगाएको समयमा नेकपा(नेकपा) निकटकै युवा संघले सरकारको सो निर्णयको धज्जी उडाएको छ । नेकपा निकट युवा संघ नेपाल पथरी शनिश्चरेले भने सरकारी निर्णयको धज्जी उडाउँदै राहत वाडेर सस्तो प्रचारमा जुटेको छ ।

सरकारले धेरै जना भेला नहुनु भन्ने निर्णयको पनि सो संगठनले वेवास्ता गरेको छ । हुलमा वाधिएर राहत वितरण गरिरहेको दृश्यले सत्तापक्षीय युवा संगठन सरकारको खिल्ली उडाउँँदै हिडेको ‘जानकारहरु वताउँछन् ।
सस्तो लोकप्रियताका लागि चामल तेल र मास्क वितरण गरेका थियो । सो कार्यले कोरना संक्रमण फैलने त्रास झन बडेर गएको स्थानीयवासीहरु वताउँछन् । अधिकास पथरी शनिश्चरेवासीले राहत एकद्धारवाट हुनु पर्ने र त्यसको नेतृत्व स्थानीय सरकारले गर्नु पर्ने वताउँदै आएको छ । राहत वितरणवारे पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईसंग वुझदा आफुलाई जानकारी नभएको र त्यसवारे वुझने वताए । लकडाउन अवज्ञा गर्दै गरिएको राहत वितरण र वजार खुलाउने कार्यको चौतर्फी विरोध भएको छ । आइतवार मात्रै नगरपालिकाले पथरीवजार दैनिक ४ घण्टा खुलाउने निर्णय गरेको थियो । वजार खोल्ने निर्णयको पनि चौतर्फी विरोध भएको छ । वजार खोल्दा भिड बढ्ने र कोरनाको त्रास वढ्ने स्थानीयवासी वताउछन् ।

सम्बन्धित खवर

%d bloggers like this: