आर्थिक रुपमा विपन्न मजदुरलाई खानाको व्यवस्था प्रदेश सरकारले गर्ने - Sainokhabar

आर्थिक रुपमा विपन्न मजदुरलाई खानाको व्यवस्था प्रदेश सरकारले गर्ने

साइनो समाचारदाता

जनकपुरधाम । लक डाउन अवधिभर प्रदेश भरिका गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार मन्त्री परिषदको सम्पन्न बैठकले लक डाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको सरकारको तर्फ बाट गर्ने गरेको छ ।

स्थानीय तह संग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले यादवले जनाए । प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ । कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन विमाका साथै सत प्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ ।सरकारले कोरोना रोकथामका लागी हाल सम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीति बारे जानकारी गराउन सर्वदलीय बैठकले समेत बोलाएको थियो । बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरु ,काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल , विभिन्न मन्त्रालयका सचिवहरु समेतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: