कोही पनि बाहिर ननिस्किनुस्ः नगरपालिका - Sainokhabar

कोही पनि बाहिर ननिस्किनुस्ः नगरपालिका

साइनो समाचारदाता

पथरी । कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला बजारमा अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव र कालोबजारी रोक्नका लागि मोरङको पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमन् कार्यलाई निरन्तरता दिइरहने भएको छ ।

पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालयका प्रतिनिधि सहितको नगर अनुगमन् समितिले बैठकले बजारमा कृत्रिम अभाव र कालोबजारी सिर्जना गर्न नदिन आफ्नो तर्फबाट सक्रियता अपनाउने निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले बजारमा कृत्रीम अभाव र कालोबजारी गरेको भेटिएमा कडा कारबाही गर्ने निर्णय गरेको छ । साथै अत्यावश्यकीय वस्तुको किनबेचमा भीडभाड हुन नदिई कम्तिमा २ मिटरको दुरी कायम गरेर सुरक्षित रहन सचेतता अपनाउने समेत निर्णय भएको छ । साथै नगरवासी कोही पनि बाहिर ननिस्किइ सुरक्षीत तबरले घरभित्रै वस्ने कुरामा कडाई गर्न उल्लेख गरिएको छ । खाद्यान्न, औषधि सहितका अत्यावश्यकीय वस्तुको सहज आपूर्तिका लागि पथरी उद्योग वाणिज्य संघसँग समन्वय गर्ने पनि निर्णय भएको छ । बैठकले कोरोना भाइरसको सचेतना बारे प्रचार गर्दै नगरवासीलाई बाहिर ननिस्किइ सुरक्षित हिसावले घरभित्रै वस्नका लागि सुचित गराउन नगरले माइकिङ गर्ने निर्णय भएको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् ।

सम्बन्धित खवर

%d bloggers like this: