कोरोनाबाट न्युयोर्कमा मृत्युका लिम्बुका छोरा पनि सिकिस्त - Sainokhabar

कोरोनाबाट न्युयोर्कमा मृत्युका लिम्बुका छोरा पनि सिकिस्त

साइनो समाचारदाता

न्युयोर्क । एल्महस्र्ट अस्पताल न्युयोर्कमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका अनिल लिम्बुका छोरा पनि सिकिस्त भएका छन् ।

अनिल लिम्बु

२२ बर्षका जेठा छोरा सिकिस्त बिरामी भएपछि एम्बुलेन्स आएर एल्महस्र्ट अस्पतालमा लगेको छ । उनलाई दिउसोदेखि अस्पतालमा भर्ना गरिएको जनाइएको छ । तर उनको कोरोना परीक्षणको रिपोर्ट आएको छैन । लिम्बुका परिवारका अन्य सदस्यहरु भने घरमै आराम गरिरहेका छन् । सुरुमा ज्वरो आउने, खोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएको बताइएको छ । यसैबीच अर्का एकजना ६० बर्ष काटेका नेपालीमा पनि कोरोना संक्रमणको लक्षण देखिएपछि केहीदिनदेखि एल्महस्र्ट अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: