फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोरोना संक्रमण देखिएपछि सोहि प्लेनमा सवार पथरीका एक व्यक्ति क्वारेन्टाइनमा - Sainokhabar

फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोरोना संक्रमण देखिएपछि सोहि प्लेनमा सवार पथरीका एक व्यक्ति क्वारेन्टाइनमा

साइनो समाचारदाता

पथरी । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोराना भाइरस (कोभिड १९) बाट सक्रमण देखिएपछि सोही प्लेनमा सवार पथरी शनिश्चरेका एक जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  एयरबेजमा युवतीसँगै सवार उनको वारेमा स्थानीयले पथरी शनिश्चरे ६ का वडाअध्यक्ष जय बहादुर तामाङलाई खवर गरेका थिए । २ दिन अघि सम्पर्क आएका उनलाई क्वारेनटाईन पठाईएको वडाध्यक्ष जय बहादुर तामाङले बताए । उनको स्वास्थ्य परीक्षणबाट कोरोना पुष्टि भएमा तत्कालै आइसोलेसनका लागि वि पि कोइराला स्वास्थ विज्ञान प्रतिस्ठान धरानमा लगिने बताइएको छ ।

चैत ४ गते नेपाल आएका उनलाई मंगलबार मोरङको मिक्लाजुंग गाउँपालिकाको टाँडीमा प्रेदश सरकारले निर्माण गरेको  क्वारेन्टाइनमा राखिएको हो । कोरोनाको संक्रमण भएको बेला कतारमा सब्जी किन्न बाहिर जादा उनलाई कतार सरकारले पक्राउ गरि नेपाल फर्काएको थियो ।

कतार एयरवेजको ‘क्यूआर ६५२’ मा यात्रा गरेका १ सय २५ जना यात्रुको पहिचान भए पनि सम्पर्कमा आइ सकेका छैन्न । कतार एयरवेजका तीनवटा जहाजमा ४६९ जना यात्रु सवार थिए । सक्रमित युवती आएका दिन कतारका क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ जहाजले उडान भरेका थिए ।

कस्तो छ टाँडीको क्वारेन्टाइन ? हेर्नुहोस् भिडियोः

सम्बन्धित खवर

%d bloggers like this: