१ नं. प्रदेश कोरोना जनसुरक्षा कोषको स्थापना, प्रदेश सरकारले १० करोड जम्मा गर्ने निर्णय - Sainokhabar

१ नं. प्रदेश कोरोना जनसुरक्षा कोषको स्थापना, प्रदेश सरकारले १० करोड जम्मा गर्ने निर्णय

साइनो समाचारदाता

विराटनगर । १ न प्रदेश मन्त्रीपरिषद बैठकले नोवेल कोरोना भाइरस (कोभिड १९०) द्वारा सिर्जित परिस्थितिको सामना गर्न ‘१ नं. प्रदेश कोरोना जनसुरक्षा कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले प्रदेश सरकारको तर्फबाट १० करोड जम्मा गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले बताएका छन् । कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ । मन्त्री आङबोले संघीय सरकार, सम्पूर्ण जनप्रतिनिधि,,स्थानीय सरकार, राष्ट्रसेवक, निजि क्षेत्र(उद्योगी) व्यापारी, संघ सस्थालगायत सबैमा जनसुरक्षा कोषमा सहयोग रकम जम्मा गर्न आह्वान गरेका छन् । सरकारले राष्ट्रिय वाणिज्य बैक, बिराटनगर शाखामा खोलिएको खाता नं. २१२०००५८८१०१ (१ प्रदेश कोरोना जनसुरक्षा कोष) मा सहयोग गर्न अपिल गरेको हो । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: