कोरोनावाट आजमात्रै अमेरिकामा १०० भन्दा वढीको मृत्यु, मृतकको संख्या ५७६ पुग्यो - Sainokhabar

कोरोनावाट आजमात्रै अमेरिकामा १०० भन्दा वढीको मृत्यु, मृतकको संख्या ५७६ पुग्यो

४३ हजार ३४३ जना संक्रमित, २९७ लाई सन्चो भयो, १४ राज्यमा घरमै वस्न आदेश

भर्खरै सार्वजनिक भएको तथ्यांक अनुसार अहिले सम्ममा अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ५७६ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ४३३४३ जना संक्रमित भएका छन् । हाल सम्म २९७ जना स्वस्थ भएका छन् । कोरोना भाइरसको कारण अमेरिकाकोक्यालिफोर्निया, वाशिंगटन, न्युयोर्क, ईलोनोइस, कनेक्टिकट, न्युजर्सी, ओहायो, डेलावेयर, फिलाडेल्फिया, म्यासाचुसेट्स, मिसिगन, इन्डियाना, वेष्ट भर्जिनिया, ओरेगन समेत १४ वटा राज्यका जनतालाई घरमै बस्न आदेश दिइएको छ ।

पछिल्लो तथ्यांक अनुसार सबै भन्दा कोभिड-१९ बाट न्युयोर्कमा मानिसहरु मर्नेको संख्या १५८ पुगेको छ भने वाशिंगटनमा १११ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियामा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

यसै गरि न्युजर्सीमा २७,फ्लोरिडामा १८,लुजियानामा ३६,इलिनोइमा १२,कोलोराडोमा ७,टेक्ससमा ९,विस्कनसिनमा ५,डिसीमा २,जर्जियामा २६,ओहायोमा ६ ,मिसिगनमा १५ ,इन्डीयानामा ७ ,एरिजोनामा २,पेनसेलभेनियामा ७ ,कनेक्टिकटमा १०,मेरिल्याण्डमा ३,भर्जिनियामा ७ ,ओरेगनमा ५ ,साउथ क्यारोलाइनामा ५ ,नेभादामा ४ ,ओक्लाहोमा २ ,इन्डियानामा ७,केन्टकीमा ६ ,भर्मन्टमा ५ ,क्यान्ससमा २,मिसौरीमा ७,साउथ डकोटामा १ गरि कुल ५७६ जनाको मृत्यु भै सकेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: