पथरीमा कालोबजारी, अनुगमन समितिले पसलमा गर्यो सिल - Sainokhabar

पथरीमा कालोबजारी, अनुगमन समितिले पसलमा गर्यो सिल

साइनो समचारदाता पथरी/ कोरोना संक्रमणका कारण देश लकडाउन भएको बेला कालोबजारी सलबलाउन थालेका छन । हिजो देखी देश लकडाउन भएको र स्थानिय सरकारले पनि अति आवश्यकीय काम र पसल बाहेक कोहि कसैलाई हिनडुल नगर्न आहान गरेको छ । तर यहि मौका छोपी पथरीशनिश्चरेमा रहेको यक्ष खरिद विक्री सेन्टरले कालोवजारी गरेको पाईएको छ ।


यक्ष खरिद विक्री सेन्टरले चामल र चोकरमा महगो मुल्यमा वृद्धि गरेको थाहा पाए पछि नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोला र वाणिज्य संघ पथरीशनिश्चरेका अध्यक्ष दिपक बास्नेतको अनुगमन टोलिले रंगेहात पक्राउ गरेको थियो ।
यक्ष खरिद विक्री सेन्टरले चैत २ गते २ बोरा २५ केजी चामलको मुल्य १९ सय लिएको छ भने सोहि चामल चैत ११ गते २४ सय लिएको छ । यक्ष खरिद विक्री सेन्टरले २ हजार बोराको चोक २४ सय लिएको उपभोक्ताको भनाई छ ।


स्थानिय उपभोक्ताले बाणिज्य संघ, प्रहरी र नगरपालिका अनुगमन समितिमा सुचना गरे पछि उक्त टोलिले यक्ष खरिद विक्री सेन्टरलाई सिल हानेको छ ।
विश्व संक्रमणमा रहेको बेला यसरी कालोबजारी गरि उपभोक्ता ठग्नेलाई नेपालको संविधान अनुसार कानुनको दायरामा ल्याउने पथरीशनिश्चरेकी उपमेयर यमुना बिष्ट बास्तोलाले बताउनु भयो । बास्तोलाले बजारमा कसैले उपभोक्ता ठग्ने गरेमा कडा कार्वाही गर्ने भन्दै सबै उपभोक्ताहरुलाई सजक रहन आग्रह गर्नु भयो ।

कुनै पनि ब्यापारी ब्यावसायीहरुले बढि मुल्य लिइ मैका फाईदा उठाएमा ब्यापार संघ नगरपालीका र प्रहरी कार्यलयमा अवर गरिदिन आग्रह गर्दै कालो बजारी गर्ने ब्यावसायीलाई कालोबजारी ऐन अन्तरगत कानुनी कार्वाहीको पहल गर्ने पथरी बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले बताए ।

सम्बन्धित खवर

%d bloggers like this: